• २०८१ बैशाख १३ बिहीबार

नेप्सेमा अनलाईन कारोवारको परिक्षण सुरु, नेप्से सुचक तथा कारोवार रकम दुबैमा बृद्धि

kharibot

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज लिमिटड (नेप्से) ले आज बिहिबारबाट अनलाईन सेयर कारोवारको परिक्षण सुरु गरेको छ  । 

आज पाँच वटा ब्रोकर कम्पनीहरुमार्फत नेप्सेले अनलाईन कारोवारको परिक्षण सुरु गरेको थियो । त्यही कारोवारको सकारात्मक प्रभाव आज सेयर बजारमा परेको छ । नेप्सेमा आज सबै सुचक बढेकाछन ।

नेप्से पाँच दसमलव २३ अंकले बढेर १२ सय ४७ दसमलव ३० बिन्दुुमा चढ्दा सेन्सिटिभ शुन्य दसमलव ८२ अंकले बढेर दुई सय ६१ दसमलव ८१ बिन्दुुमा चढेको छ । आज एक सय ६५ कम्पनीहरुको चार हजार सात सय ५६ वटा कारोवारमा नौ लाख १२ हजार सात सय ५० कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कारोवार रकम ३१ करोड ८२ लाख नौ हजार २९ रुपैयाँ पुगेको छ । 

आज नौ वटा समुहको कारोवार भएकोमा आठ वटा समुहको कारोवार सुचक बढेर हरिेयो देखिदा बीमा समुहको सुचक भने पाँच दसमलव ४७ अंकले घटेर रातो देखिएको छ । बाँणिज्य बैंक समुहको सुचक दुई दसमलव ८८ अंकले बढेर एक हजार ५४ दसमलव २१ बिन्दुमा चढेकोमा १० करोड पाँच लाख ३० हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

बिकास बैंक समुहको सुचक पनि चार दसमलव ६८ अंकले बढेर १४ सय ५४ दसमलव ९८ बिन्दुमा चढेकोमा एक करोड १९ लाख ३३ हजार एक सय रुपैयाँको सेयर करोवार भएको छ ।

यसैगरी जलबिद्युत समुहको सुचक पनि २८ दसमलव ७१ अंकले बढेर १५ सय ५१ दसमलव ५० बिन्दुमा चढेकोमा दुई करोड ६१ लाख ४९ हजार छ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसबाहेक होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचक पनि बढेर हरियो देखिएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको उन्नती माईक्रो फाईनान्सको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९९ पैसाले बढेर दुई हजार ६९ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको जेविल्स फाईनान्सको सेयर मुल्य तीन रुपैयाँ ७० पैसाले घटेर एक सय चार रुपैयाँमा कारोवार भएको छ । 

रकम कारोवारका आधारमा अग्रस्तानमा परेको प्रभु बैंकको संस्थापक सेयरतर्फ एक सय ६० रुपैयाँ अन्तिम मुल्यमा एक करोड ९५ लाख ५२ हजार रुपैयाँको सेयर कारोवार भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै