• २०८१ बैशाख १२ बुधबार

चौधरी फाउण्डेसनद्वारा मेघौलीस्थित विद्यालयलाई शुद्ध खानेपानी प्रणाली हस्तान्तरण

kharibot

काठमाडौं । चौधरी फाउण्डेसनले चितवन महानगरपालिका वडा नम्बर २८, मेघौलीस्थित राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयका लागि समेत शुद्ध खानेपानी सेवा उपलब्ध गराएको छ । 

अन्तर्राष्ट्रिय प्रविधीको ‘वाटर फिल्ट्रेसन सिस्टम’ जडान गरि उक्त विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था मिलाइएको चौधरी फाउन्डेसनले जनाएको छ । 

चौधरी फाउण्डेसनका अध्यक्ष एवं सांसद विनोद चौधरीले विहिबार विद्यालयमा आयोजित एक समारोहकाबीच ‘वाटर फिल्ट्रेसन सिस्टम’को उद्घाटन गरेका छन् । उक्त अवसरमा बोल्दै उनले समाजसेवा आफ्नो कार्यसूचिको पहिलो नम्बरमा रहेको उल्लेख गर्दै साना साना बालबालिकाहरूका लागि शुद्ध खानेपानीको व्यवस्था मिलाउन पाउदा खुसी लागेको बताए ।

चौधरी फाउण्डेसनले शिक्षा र बालबालिकालाई प्रत्यक्ष लाभ हुने क्षेत्रमा आफुलाई संलग्न गराउदै आएको स्मरण गर्दै  अध्यक्ष चौधरीले भने– देशको उज्यालो भविष्यको आधार तयार गर्न शिक्षा र बालबालिकामा नै पर्याप्त लगानी गर्नु जरूरी छ । जसबाट भोलीको नेपाल अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सम्भव हुनेछ ।

फाउण्डेसनले २०६४ सालदेखि शिक्षित नेपाली, समृद्ध नेपाल भन्ने अभियानका साथ ज्ञानोदय छात्रवृत्ती वितरण गर्दै आएको  जानकारी दिदै उहाँले व्यक्तिको जीवनमा सबैभन्दा महत्व शिक्षाको रहेको बताए ।

फाउण्डेसनका अनुसार करिब १० लाख रूपैयाँ लागतमा उक्त खानेपानी सिस्टम जडान गरिएको हो । जसबाट २४ सै घण्टा शुद्ध खानेपानीको व्यवस्था मिलाइएको छ । यस खानेपानी प्राणालीवाट स्थानीय वासिन्दा पनि लाभान्वित हुने विश्वास गरिएको छ । 

यसैगरि जीर्ण अवस्थामा रहेको स्कूललाई फाउण्डेसनले रंगरोगन गरि चिटिक्क पारिएको छ । यसअघि उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई झोलाबितरण गरीएको थियो । खानेपानी प्रणाली जडान कार्यमा प्लानेट वाटर फाउण्डेशनसँग सहकार्य गरिएको हो ।

विद्यालयकी प्रधान्याध्यापक शोभा कुमालले शुद्ध खानेपानी व्यवस्था गरि आफ्ना विद्यार्थीको शिक्षा र स्वास्थ्यमा योगदान पु¥याएकोमा चौधरी फाउण्डेसनप्रति कृतज्ञता व्यक्त गरिन् । 

चितवनको मेघौलीमा चौधरी ग्रुपले उच्च प्राथमिकताका साथ लगानी गरेको गरेको छ । यहाँ ग्रुपले मेघौली सेराई नामको जंगल सफारी रिसोर्ट संचालनमा ल्याएको छ । सम्भवतः यो रिसोर्ट नेपालकै सबैभन्दा उच्च सुविधाजनक रहेको छ । यस रिसोर्टमार्फत् चौधरी ग्रुपले नेपालमा उच्च गुणस्तरीय पर्यटक भित्रयाउन योगदान गर्दै आएको छ । ‘मेघौली सेराईमार्फत् मेघौलीको कला, सँस्कृतीलाई विश्वभर पुर्याउने हाम्रो लक्ष्य छ । यसका लागि स्थानीयहरूबाट प्राप्त सहयोगका लागि हामी आभारी छौँ ।’ अध्यक्ष चौधरीले भने । 

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै