• २०८१ बैशाख १२ बुधबार

आईफोनको सेक्युरिटी लुपहोल बन्द गर्दै एप्पल, प्रहरीले समेत अनलक गर्न नसक्ने ! 

kharibot

युरोप । चर्चित स्मार्टफोन निर्माता कम्पनी एप्पलले उपयुक्त कानुनी प्रक्रियाविना आफ्ना आईफोनहरु अनलक नहुने गरी सेक्युरिटी लुपहोल (अनलक गर्न बनाइएको बाटो) हरु बन्द गर्ने भएको छ । योसँगै सुरक्षाअधिकारीहरुले समेत अब आईफोन अनलक गर्न सक्नेछ्रैनन् । 

यद्यपि कम्पनीले अमेरिकी कानुनको प्रतिवादस्वरुप कदम चालेको भने नभएको जनाएको छ । एप्पल र अमेरिकी सुरक्षा अधिकारीबीच विगतदेखि नै सुरक्षाको विषयलाई लिएर विवाद हुँदै आएको छ । प्रयोगकर्ताहरुको सञ्चार आदानप्रदानमा आफ्नो पहुँच हुनुपर्ने सुरक्षा अधिकारीले दाबी गरे पनि कम्पनीले अस्वीकार गर्ने गरेको छ । 

अमेरिकाबाहिरका आईफोनमा पनि लुपहोल रहँदै आएको थियो । २०१६ मा एप्पलले एक बन्दुकधारीले क्यालिफोर्नियामा १४ जनाको हत्या गरेपछि आईफोन अनलकका लागि एफबीआईले गरेको प्रस्ताव अस्वीकार गरेको थियो । कम्पनीले ह्याकरबाट जोगाउन यस्तो कदम चाल्नुपरेको भन्दै प्रतिरक्षा गर्दै आएको छ । खासगरी अब गर्नलागेको डिफल्ट सेटिङको परिवर्तन अनधिकृत रुपमा हुने अनलक नियन्त्रणका लागि भएको बताइएको छ । 

२०१६ मा अमेरिकी अदालतले नै सुरक्षा अधिकारीलाई दोषीको आईफोन अनलक गर्न सहयोग गर्नुपर्ने आदेश दिएको थियो । तर कम्पनीले अदालतले मागेको मद्दत दिन अस्वीकार गरेपछि एफबीआईले नयाँ प्रविधि विकास गरी उक्त आईफोन अनलक गरेको थियो । 

एफबीआईले कुन सेक्युरिटी फर्म वा समूहले अनलक गरेको भन्नेचाहिँ कहिल्यै बताएन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै