• २०८१ बैशाख ७ शुक्रबार

ओस्कार विजेता संगीतकार एआर रहमानको बायोग्राफी पुस्तक अगस्तमा आउने 

kharibot

मुम्बई । बलिवुडका ओस्कार विजेता संगीतकार एआर रहमानको बायोग्राफी आगामी अगस्तमा सार्वजनिक हुने भएको छ । 

कृष्ण त्रिलोकले लेखेको सो बायोग्राफीमा रहमानको अन्तर्वार्ता, जीवनसँग सम्बन्धित उनको दर्शन, आशा, सकारात्मकता र प्रेमका बारेमा उल्लेख गरिएको बताइएको छ । सो बायोग्राफीलाई ‘नोट्स अफ ड्रिम: द अथराइज्ड बायोग्राफी अफ एआर रहमान’ नाम दिइएको छ।

जीवनीको प्रकाशक पेगुईनले रहमानको असाधारण जीवनको बयान गर्ने किताब बह्नेर टिप्पणी गरेको छ । रहमानले यस किताबका बारेमा भनेका छन्, ‘ यतिका बर्ष सबैले मेरो संगीतले मलाई चिने, अब मैले आशा गरेको छु की सबैले मेरो बारेमा पढने छन् र थाहा पाउछन् की म कस्तो छु र अगाडी के गर्न चाहन्छु ।’

किताबको प्रस्तावना फिल्म निर्माता डेनी बयलले लेखेको बताइएको छ ।     
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै