• २०८१ बैशाख ७ शुक्रबार

अफगानिस्तानको आज टेस्ट क्रिकेटमा डेभ्यु, भारतले टस जितेर ब्याटिंग गर्दै  

kharibot

काठमाडौं । अफगानिस्तानले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटमा आज डेभ्यु गर्दै छ । भारतविरुद्ध भारतको बेन्गलुरुस्थित चिन्नास्वामी स्टेडियममा आज पहिलो टेस्ट खेल्न लागेको हो ।

गत जुनमा आसीसीबाट टेस्ट क्रिकेटको मान्यता पाएपनि अफगानिस्तानले आफ्नो पहिलो टेस्ट खेल एक बर्षपछि भारत सँग खेल्न लागेको छ । यसअघि भारतसँग यस अघि पाकिस्तान, जिम्बाबे र बंगलादेशले टेस्टको डेभ्यु खेल खेलेका थिए ।   

अफगानिस्तानको टेस्ट डेभ्यु खेलमा भारतले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ ।

यस ऐतिहासिक खेल सुरु हुनु अघि अफगानिस्तानका राष्ट्रपति र भारतका प्रधानमन्त्रीले पठाएको संदेश पढेर सुनाइएको थियो ।

भारतविरुद्धको अफगानी प्लेइङ इलेभेन : अस्घर स्टेनिकजे (कप्तान), रहमत शाह, मोहमद नाबी, मोहमद शाहजाद, यमिन अहमजाद, वफादार मोमद,, राशिद खान, मुजीब उर रहमान, जाभेद अहमद, हस्मतुल्लाह शाहिदी, अस्फ़र जजइ, । 

अफगानिस्तानविरुद्धको भारतीय प्लेइङ इलेभेन : मुरली विजय, शिखर धवन, चैतेस्वोर पुजारा, केएल राहुल, अझिख्य राहाने (कप्तान), दिनेश कार्तिक, हार्दिक पाण्डेय, आर आश्विन, रविन्द्र जडेजा, इशान्त शर्मा, उमेश यादव ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै