• २०८१ बैशाख ७ शुक्रबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

kharibot

सुर्खेत । कर्णाली प्रदेश सरकारको आव २०७५-७६ को नीति तथा कार्यक्रम बुधबार बहुमतले पारित भएको छ । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रममाथि भएको छलफलमा सदस्यहरुले उठाएको जिज्ञासामाथि जवाफ दिएलगत्तै सरकारको नीति तथा कार्यक्रमलाई बैठकले पारित गरेको हो । 

मुख्यमन्त्री शाहीले सरकारले ल्याएको नीति तथा कार्यक्रमअनुसार यो वर्ष कानून, योजना निर्माण, हरेक क्षेत्रको सूचक संकलन र सम्भाव्यता अध्ययन तथा अनुसन्धानको वर्ष हुने बताए । 

सरकारले ल्याएको नीति तथा कार्यक्रमले प्राथमिकता प्राप्त क्षेत्र, वर्ग र समृद्धि कुरा समेटिसकेको बताउँदै उहाँले सोचमा सकरात्मकता ल्याउन अनुरोध गरे । 

प्रतिपक्षीले पनि बैठकमा रचनात्मक भूमिका खेलेकामा प्रशंसा गर्दै उनले सरकारका लक्ष्य, उद्देश्यमा सघाउन आग्रह गरे । 

बाटो चाहियो 

यस अघि नेपाली काँग्रेस मुगुबाट समानुपातिकमा निर्वाचित प्रदेशसभा सदस्य झोवा विकले अत्यन्तै विकट मुगुको कार्मारोङ गाउँपालिकाका जनता अहिलेसम्म भेडा पालेर बस्दा पनि सिंहदरबारले न्याय नगरेको दुःख पोखे । “विकास के हो ? त्यसका बारे हामीले महसुस गर्न पाएका छैनौँ, हामीलाई हाम्रो ठाउँसम्म रेल होइन, गाडी जाने सडक बनाई दिए हुन्छ,” उनले भने । 

उनले विद्युत् र बाटो पहिलो आवश्यकता भएको औँल्याए । “प्रदेश सरकारले भाँगोलाई नीति तथा कार्यक्रममा ल्यायो, यो राम्रो छैन । बरु चुलीको तेल राम्रो र त्यो हामी बच्चा आमा दुवैले खाँदै आएका छौँ,” उनले भने । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै