• २०८१ बैशाख ७ शुक्रबार

नेपाली सेनाद्वारा फास्ट ट्रयाकबारे प्रधानमन्त्री ओलीलाई जानकारी 

kharibot

काठमाडौँ ।  नेपाली सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फास्ट ट्रयाकबारे जानकारी गराएको छ । 

फास्ट ट्रयाक राजमार्गको कार्य प्रगति बारे प्रधानमन्त्री ओलीले बुधबार जंगी खड्डा पुगेर जानकारी लिएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

सर्वत्र चासो र चिन्ताको विषय बनेको राष्ट्रिय गौरवको काठमाडौँ-तराई-मधेश फास्ट ट्रयाक आयोजनामा नेपाली सेनाले हालसम्म गरेको प्रगति विवरण सम्बन्धमा आयोजना प्रमुख प्राविधिक उपरथी योगेन्द्रबहादुर खाणले जानकारी गराएका थिए । 

नेपाली सेनाले काठमाण्डौ–तराई-मधेश फास्ट ट्रयाक आयोजनामा हालसम्म गरेको प्रगति सम्बन्धमा प्रधानमन्त्री विश्वस्त भएको र उनले सरकारबाट निर्माण कार्यमा सहयोगका लागि कुनै पनि कसर बाँकी नराख्ने हुँदा तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ । 

उक्त अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रधुवीर महासेठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल र नेपाली सेनाका रथीवृन्दहरुको उपस्थिति रहेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै