• २०८१ बैशाख ७ शुक्रबार

बरिष्ठ कलाकार भिमबहादुर थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि, छोरीले दिइन् दागबत्ती

kharibot

काठमाडौँ । बरिष्ठ कलाकार भिमबहादुर थापाको बुधवार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

छोरा अमेरिकामा भएका कारण उनको पार्थिव शरीरमा जेठी छोरीले दागबत्ती दिएकी छन् । उनका २ छोरी र १ छोरा छन् ।

दर्जनौं फिल्म, टेलिफिल्म सँगै रेडियो नाटकमा अभिनय रहेका कलाकार थापाको ९२ वर्षको उमेरमा गएराती बिहान २ बजे मैतिदेवीस्थित आफ्नै निवासमा निधन भएको हो । उनी लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित थिए । 

प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने तयारी भएता पनि पूर्ननिर्माणको काम चलिरहेका कारण कलाकार थापाको पार्थिव शरीरलाई बिहान ११ बजे सिधै पशुपति आर्यघाट पुर्याकइएको थियो । 

अन्तिम श्रद्धाञ्जली दिन पुशपति आर्यघाटमा सयौं चलचित्रकर्मीदेखि शुभचिन्तहरुको उपस्थिति थियो । 

सिताराम कट्टेल, बसुन्धरा भुषाल, नीर शाह, चैत्यदेवी, आकाश अधिकारी, नवल खड्का, सरिता लामिछाने, रामकेशर बोगटी लगायतका चलचित्रकर्मीहरुले आर्यघाट पुगेर कलाकार थापाप्रति श्रद्धाञ्जली अर्पण गरे । 

हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला आफ्ना ‘धर्म बा’ को निधन भएपछि 'छक्का पञ्जा ३' को सुटिङ रोकेरै काठमाडौं आएकी छिन् । मैतिदेवीदेखि पशुपति आर्यघाटसम्म कलाकार थापाको पार्थिव शरीर पुर्यााउँदा दीपाश्रीको आँखा ओभानो थिएनन् । भिमबहादुर र दीपाश्रीले ‘देवि’, ‘तीतो सत्य’ जस्ता सिरियलमा सँगै काम गरेका थिए । 

वि.सं १९८३ साल असार १३ गते खोटाङ जिल्लाको रावा, लामिडाँडामा जन्मिएका कलाकार भिमबहादुर थापा सन् १९४२ मा ब्रिटिस आर्मीमा भर्ना भइ सन् १९४५ को दोश्रो विश्वयुद्ध समेत लडेका थिए । उनको निधनमा नेपाली सेनाले सलामी दिँदै सम्मान प्रकट गरेको थियो ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै