• २०८१ बैशाख १३ बिहीबार

अभिनेत्री दीपिका पादुकोने बस्ने अपार्टमेन्टमा आगलागी 

kharibot

मुम्बई  ।  बलिउड अभिनेत्री दीपिका पादुकोने  बस्ने अपार्टमेन्ट भवनमा बुधबार आगलागी भएको छ । 

३३ तले विउमोन्ड नामक टावरमा भीषण आगलागी भएको हो । यसै टावरक २६औं तलामा अभिनेत्री दीपिका बस्दै आएकी छिन् । 

भारतीय मिडियाहरुले अहिले आगो नियन्त्रणमा आएको बताएका छन् । आगो नियन्त्रण गर्न फायर ब्रिगेडको १० गाडी समयमै घटनास्थल पुगेका थिए । 

दीपिकाले २०११ मा १६ करोड भारतीय रुपैयामा यो फ्ल्याट किनेको बताइएको छ ।

घटनाबारे जानकारी पाएपछि दीपिकाले आफू सुरक्षित रहेको जानकारी गराएकी छिन् । सामाजिक संजाल ट्वीटरमा उनले– ‘म सुरक्षित छु। धन्यवाद। हामीले फायर फाइटर्सका लागि प्रार्थना गर्नुपर्छ, जो आफ्नो ज्यान जोखिममा हालेर आगो नियन्त्रणका लागि हाम्रो लागि काम गरिरहेका छन्।’ 

मुम्बई प्रहरीका अनुसार अपार्टमेन्टमा रहेका करिब सय जनाको सकुशल उद्दार गरिएको जनाएको छ । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीलाई उदृत गर्दै भारतीय मिडियाले जनाएका छन् ।

मुम्बईमा अग्ला अपार्टमेन्टमा आगलागी भएको यो यस महिनामा तेस्रो घटना हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै