• २०८१ बैशाख ४ मंगलबार

स्पेनको नयाँ प्रशिक्षकमा फर्नान्डो हेइरो नियुक्त

kharibot

काठमाडौं । स्पेनले आफ्नो नयाँ प्रशिक्षकमा फर्नान्डो हेइररोलाई नियुक्त गरेको छ ।

५० बर्षिय फर्नान्डो हाल स्पेनको फुटबल निर्देशक रहेका थिए । रियल म्याड्रिडका पुर्वखेलाडी समेत रहेका फर्नान्डोले आजै बर्खास्त भएका म्यानेजर जुलेनको थुआ लिने छन् । 

स्पेनले विश्वकप फुटबलको अघिल्लो दिन आफ्ना प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गरेको थियो । स्पेनिस फुटबल फेडेरेसनले पत्रकार सम्मेलन गरी ५१ वर्षीय लोपेटेगीलाई बर्खास्त गरेको घोषणा गरेको थियो ।

फेडेरेशनलाई लोपेटेगीले रियल म्याड्रिडसँग सम्झौताको प्रेस रिलिज सार्वजनिक गर्नु ५ मिनेट अघि मात्र जानकारी दिइएको भन्दै उनलाई विश्वकपको मुखैमा बर्खास्त गरेको हो ।

स्पेनले १ असारमा पोर्चुगलसँग पहिलो खेल खेल्दैछ । स्पेनिस क्लब रियल म्याड्रिडले मंगलबार मात्र लोपेटेगीलाई नयाँ प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको थियो ।

लोपेटेगीले २०१६ मा स्पेनको म्यानेजर बनेका थिए । उनले स्पेनका लागि केवल २० खेलमा मात्र कोचिंग गरेका छन् ।

पूर्वगोलरक्षक लोपेटेगीले रियल म्याड्रिड र बार्सिलोनाबाट पनि खेलिसकेका छन् । विभिन्न क्लबबाट ला लिगाका कुल १४९ खेल खेलेका ५१ बर्षिय लोपेटेगीले स्पेनको राष्ट्रिय टिमबाट १९९४ को विश्कप समेत खेलेका थिए ।

नवनियुक्त म्यानेजर फर्नान्डोले विहिबारको टिमको प्रशिक्षण गराएर आफ्नो विश्वकप यात्रा को सुरुवात गर्ने भएको बताइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै