• २०८१ बैशाख ८ शनिबार

एनएमबि माइक्रोफाइनान्सको फिल्ड अवधारणासम्बन्धी अभिमुखीकरण तालिम 

kharibot

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले फिल्डमा काम गर्ने नयाँ परीक्षार्थीहरुको लघुवित्त र त्यसका आधारभूत पक्षको बारेमा ज्ञान दिलाउने उद्धेश्यले एक दिने फिल्ड अवधारणा सम्बन्धी अभिमूखिकरण कार्यक्रम आयोजना गर्यो ।

उक्त गोष्ठीको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत फनिलाल चौधरीले मंगलवार एक कार्यक्रमको बिच उद्घाटन गरे ।  

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत चौधरीले लघुवित्तले विपन्न, गरीव तथा पछाडि परेका वर्ग, समुदायमा काम गर्ने भएकोले यस क्षेत्रले आर्थिक विकासको साथसाथै सामुदयिक विकासका लागि पनि कार्य गर्दै आएको कुरा ब्यक्त गरे ।

लघुवित्तले फिल्डमा गई आफ्ना ग्राहक सदस्यको घरदैलोमा नै सेवा दिने भएकोले कर्मचारीहरुले अन्तरात्मादेखि नै प्रतिवद्ध हुनुपर्ने धारणा प्रस्तुत गरे । संस्था स्थापनाको ५ वर्षको छोटो अवधिमा १० जिल्लामा कार्यक्षेत्र राखी शुरुवात गरेको संस्थाले हाल राष्ट्रिय स्तरको वित्तीय संस्थामा स्तरोन्नति भई ७५ वटा शाखा कार्यालयको स्थापना गरी करीव ८० हजार विपन्न घरपरिवारलाई लघुवित्त सेवा उपलब्ध गराउन सफल रहेका जानकारी गराए ।  

एक दिने उक्त अभिमुखीकण तालिममा लघुवित्तको परिचय, नेपालमा लघुवित्तको वर्तमान अवस्था, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको परिचय, संस्थाको उद्धेश्य, कार्यक्षेत्र तथा लघुवित्त कार्यक्रमको काम गर्ने तौर तरीका बारेमा सहभागीहरुलाई स्पष्ट पारियो । 

तालिममा पुर्ब मेचीदेखि पश्चिम महाकालीसम्मका १३५ जना सहभागीहरुको साथै वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लगायत विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो । 

बिभागीय प्रमुख विष्णु प्रसाद शर्माले सञ्चालन गरेको उक्त तालिममा वित्तीय संस्थाको बिभागीय प्रमुख डम्बर बहादुर श्रेष्ठले वित्तीय संस्थाको परिचयको साथै तालिमको औचित्य माथि प्रकाश पारेका थिए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै