• २०८१ बैशाख १४ शुक्रबार

सेयरबजारमा सुधारपछि नौ समूहले कमाए

kharibot

काठमाडौं । आज बुधबार नेप्सेमा सुधार देखिएको छ । तर त्यो सुधारले कारोबार रकममलाई भने बढाउन सकेन । आज नेप्से सूचक बढेपनि  कारोबार रकम अघिल्लो दिनको तुलनामा निकै नै घटेको छ ।

नेप्से दुई दशमलव ८१ अंकले बढेर १२ सय ४२ दशमलव सात विन्दुमा चढ्दा सेन्सिटिभ शून्य दशमलव ५२ अंकले बढेर दुई सय ६० दशमलव ९९ विन्दुमा चढेको छ ।

कुल एक सय ६२ कम्पनीहरुको चार हजार ४८ वटा कारोबारमा छ लाख ३५ हजार १० कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा आज कारोबार रकम २१ करोड ४८ लाख दुई हजार एक सय ३७ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १० वटै समूहको कारोबार भएतापनि नौ वटा समूहको कारोबार सूचक बढेकाछन भने अन्य समूहको कारोबार सूचक तीन दशमलव १७ अंकले घटेको छ । वाणिज्य बैंक समूहको सूचक दुई दशमलव ४३ अंकले बढेर एक हजार ५१ दशमलव ३३ विन्दुमा चढेकोमा आठ करोड २९ लाख १६ हजार आठ सय रुपैयाँको सेयर कारोबार भएको छ ।

जलविद्युत समूहको सूचक पनि आठ दशमलव ३४ अंकले बढेर १५ सय २२ दसमल व ७९ विन्दुमा चढ्दा ९६ लाख ८८ हजार चार सय २० रुपैयाँको सेयर कारोबार भएको छ ।

बीमा समूहको सूचक पनि आज १८ दशमलव ६६ अंकले बढेर छ हजार तीन सय ५८ दशमलव ४९ विन्दुमा चढ्दा तीन करोड नौ लाख १४ हजार दुई सय रुपैयाँको सेयर कारोबार भएको छ । विकास बैंक, होटल, ट्रेडिङ, उत्पादनमुलक र लघुबित्त समूहको कारोबार सूचकमा पनि आज सुधार आएको छ । 

आज बढी कमाउने कम्पनीको सूचीमा परेको राधी जलबिद्युत कम्पनी सेयर मुल्य नौ रुपैयाँ ९६ पैसाले बढेर दुई सय ६५ रुपैयाँमा कारोबार भएको छ बढी गुमाउने कम्पनीको सूचीमा परेको  कर्णाली  विकास बैंकको प्रतिकित्ता सेयर मुल्य सात रुपैयाँ २५ पैसाले घटेर एक सय १५ रुपैयाँमा कारोबार भएको छ ।

रकम कारोबारका आधारमा भने ग्रामिण विकास बैंक अग्रस्थानमा परेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै