• २०८१ बैशाख ७ शुक्रबार

स्पेनद्वारा विश्वकपको अघिल्लो दिन आफ्ना प्रशिक्षक बर्खास्त 

kharibot

काठमाडौं । विश्वकप फुटबलको अघिल्लो दिन स्पेन फुटबल फेडेरेशनले आफ्ना प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गरेको छ ।

स्पेनिस फुटबल फेडेरेसनले पत्रकार सम्मेलन गरी ५१ वर्षीय लोपेटेगीलाई बर्खास्त गरेको घोषणा गरेको हो । फेडेरेशनलाई लोपेटेगीले रियल म्याड्रिडसँग सम्झौताको प्रेस रिलिज सार्वजनिक गर्नु ५ मिनेट अघि मात्र जानकारी दिइएको भन्दै उनलाई विश्वकपको मुखैमा बर्खास्त गरेको हो ।

स्पेनले १ असारमा पोर्चुगलसँग पहिलो खेल खेल्दैछ । स्पेनिस क्लब रियल म्याड्रिडले मंगलबार मात्र लोपेटेगीलाई नयाँ प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको थियो ।
लोपेटेगीले २०१६ मा स्पेनको म्यानेजर बनेका थिए । उनले स्पेनका लागि केवल २० खेलमा मात्र कोचिंग गरेका छन् ।

पूर्वगोलरक्षक लोपेटेगीले रियल म्याड्रिड र बार्सिलोनाबाट पनि खेलिसकेका छन् । विभिन्न क्लबबाट ला लिगाका कुल १४९ खेल खेलेका ५१ बर्षिय लोपेटेगीले स्पेनको राष्ट्रिय टिमबाट १९९४ को विश्कप समेत खेलेका थिए ।

स्पेनले छिट्टै नयाँ प्रशिक्षकको घोषणा गर्ने बताएको छ । स्पेनिस फेडेरेशनका अध्यक्ष लुइस रुबियालेसले आफुहरुले खेलाडीसँग सम्पर्क गरिरहेको र छिटै नयाँ प्रशिक्षक पठाउने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै