• २०८१ बैशाख ११ मंगलबार

प्रचण्डलगायतले पार्टी छोडेको भन्दै माओवादी केन्द्रले गर्यो महाधिवेशन आयोजक समिति गठन

kharibot

काठमाडौँ ।  पार्टी नेता पुष्पकमल दाहाल (प्रचण्ड) लगायतले नेकपा (माओवादी केन्द्र ) परित्याग गरी गएको भन्दै नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिले आफ्ना उपलब्ध सदस्यको बैठक गरी विभिन्न निर्णय गरेको छ । 

ती निर्णयहरु सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले महान जनयुद्वद्वारा स्थापित माओवादी कम्युनिष्ट आन्दोलनको विचार, भावना र इतिहासको एकीकृत निरन्तरता दिन बैठक बसी विभिन्न निर्णय गरिएको जानकारी दिए । 

बैठकले राष्ट्रियता, जनवाद र जनजीविकाबारे ११ बुँदे तथा राजनीतिक तथा संगठनका विषयमा अध्यक्ष गोपाल किरातीले प्रस्तुत गरेको पाँचबुँदे निर्णय पारित गर्दै महाधिवेशन आयोजक समितिको केन्द्रमा बहुपदीय प्रणालीलाई निरन्तरता दिने घोषणा गरेको छ । 

आयोजक समितिको अध्यक्षमा गोपाल किरातीलाई चयन गरिएको छ । उपाध्यक्षमा भविश्वर पराजुली र तिलक थापामगर, महासचिवमा कर्णजित बुढाथोकी र सचिवमा राजन तिम्सिना रहनुभएको सो पार्टीले आज प्रकाशित गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

महाधिवेशन आयोजक समितिमा ७०१ जना, पोलिटब्यूरोमा १७५ जना तथा ४३ जनाको केन्द्रीय सचिवालयको गठन गरिएको छ । 

साथै, पार्टीले माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग तथा विकासमा जोड दिने, वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्तमा आधारित सशस्त्र विद्रोह र गणतन्त्र रक्षार्थ विद्यमान संवैधानिक व्यवस्थाको निर्वाचन उपयोगबीच समायोजनको फौजी कार्यदिशा अवलम्बन गर्ने विज्ञप्तिमा उल्लेख छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै