• २०८१ बैशाख १३ बिहीबार

गण्डकी विकास बैंकको अध्यक्षमा सुशील गौचन चयन

kharibot

काठमाडौं । गण्डकी विकास बैंकको दशौँ वार्षिक साधारणसभाले संस्थापकतर्फ तीन र सर्वसाधारणतर्फ तीन गरी छ जना सञ्चालक निर्वाचित गरेको छ ।

साधारणसभाबाट सुशील गौचन, पद्म प्रसाद पौडेल, किशोर ओझा तथा सर्वसाधारणतर्फ नारायण बहादुर बानिया, कृष्ण वहादुर थापा क्षेत्री र वासुदेव त्रिपाठी समेत छ जना सञ्चालकहरु निर्विरोध निर्वाचित भएका हुन् । 

उक्त निर्वाचन पश्चात बसेको बैंकको पहिलो सञ्चालक समितिको बैंठकले संचालक समितिको अध्यक्ष पदमा सुशिल गौचनलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

दशौ वार्षिक साधारण सभाले १९.३१०६ प्रतिशत वोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेपश्चात् बैंकको चुक्ता पुँजी कुल दुई अर्ब ७५ करोड पुगेको छ भने पुँजीको हिसाबले गण्डकी विकास बैंक लिमिटेड सबैभन्दा बढी चुक्ता पुँजी भएको अग्रणी विकास भएको छ । 

बैंकले आ.व. २०७४÷०७५ को तेश्रो त्रैमासिकसम्ममा निक्षेप २० अर्ब ४३ करोड पु¥याएको छ भने कर्जातर्फ १८ अर्ब ३२ करोड पु¥याएको छ ।

वैकले केन्द्रीय कार्यालयसहित देशका विभिन्न ठाउँहरुमा गरी ५९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप लिनुका साथै सहज र सरल रुपमा कर्जा प्रवाह गर्दै आएको छ ।

 यसका साथै बैकिङ्ग सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रीय कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालीन सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

बैंकले न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ व्यक्तिहरुका लागि लघु वित्त कर्जा पनि प्रदान गर्दै आएको छ । बैंकको देशभरी नै शाखा सञ्जाल विस्तार गर्ने क्रममा हाल बैकका विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेका छन्  ।

यसपछि बैकका कुल ७७ वटा शाखा र देशका सातै प्रदेशवाट वैकिग सेवा प्रदान हुने प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापाले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै