• २०८१ बैशाख १३ बिहीबार

प्रेमिका पिटेको आरोपमा बलिवुड अभिनेता अरमान कोहली पक्राउ 

kharibot

काठमाडौँ । बलिवुड अभिनेता अरमान कोहलीलाई आफ्नी प्रेमिकालाई पिटेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ ।

उनकी प्रेमिका नीरु रंधवालाई कोहलीले पिटे पछि केहि साता अघि अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
प्रहरीले मुम्बईस्थित लोनावालाको एक फार्महाउसबाट गिरफ्तार गरेको उल्लेख गरिएको छ ।

कोहलीले पिटेपछि अस्पताल भर्ना भएकी नीरुले प्रहरीमा उजुरी दिएकी थिइन् । पछिल्लो आइतबार कोहलीको घरमा प्रहरी गएपनि उनि घरमा भेटिएका थिएनन् ।

रिसाहा प्रकृतिका अभिनेता कोहली आफ्नो रिसका कारण पटक पटक विवादमा आउने गर्दछन् ।  पछिल्लो यस प्रकरणमा पक्राउ परेका उनीलाई लामो सजाय हुनसक्ने बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै