• २०८१ बैशाख १३ बिहीबार

बारामा जंगली हात्तीको आक्रमण, एक जना वृद्धको ज्यान लियो

kharibot

बारा । बारामा जंगली हात्तीले आक्रमण गर्दा एक जना वृद्धको ज्यान लिएको छ । मृत्यु हुँनेमा निजगढ नगरपालिका वडा नं.११ रतनपुरीका ६५ वर्षिय ईन्द्र बहादुर थिङ्ग रहेका छन् । 
गर्मीका कारण घर नजिकैको आँपको रुख मुनि सुति रहेका वृद्ध थिङ्गलाई बुधवार बिहान करिब ४ बजेको समयमा हात्तीले आक्रमण गरेको स्थानीयले बताए । 

उनी सुति रहेको स्थानबाट करिब १५ मिटर पर उनको शव फेला परेको हो । वन क्षेत्र नजिकै रहेको बस्तीमा राती ११ बजे निस्केको एक्लो जंगली हात्ती पुन : बिहान बस्तीमा आई थिङ्गको ज्यान लिएको गाउँलेहरुको भनाई छ ।

पर्सा राष्ट्रिय निकुञ्ज विस्तार पछि बस्तीमा वन्य जन्तुको चहल-पहल बढेपनि बस्ती भित्र हात्ती पसेर मान्छेको ज्यान लिएको रतनपुरीमा पहिलो घटना हो । बस्तीमा पसेर मान्छेको ज्यानले लिने जंगली हात्ती धुर्वे हो की,  भनेर रतनपुरीका स्थानीयहरु त्रसित छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै