• २०८१ बैशाख ६ बिहीबार

जुलियन लोपेटेगी बने रियल म्याड्रिडको नयाँ म्यानेजर, विश्वकप पछि पद सम्हाल्ने 

kharibot

काठमाडौँ स्पेनिस क्लब रियल म्याड्रिडले स्पेनका राष्ट्रिय टिमका प्रशिक्षक जुलियन लोपेटेगीलाई क्लबको नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ।

लोपेटेगीले विश्वकप पछि रियलको प्रशिक्षक पद सम्हाल्ने क्लबले जानकारी दिएको छ । रियलले उनीसँग तीन वर्षको सम्झौता गरेको जनाएको छ ।

लोपेटेगीले सन् २०१६ को जुलाईमा स्पेनको राष्ट्रिय टिमको जिम्मेवारी सम्हाल्नु अघि दुई सिजन पोर्टोको म्यानेजर बनेका थिए ।

पूर्वगोलरक्षक लोपेटेगीले रियल म्याड्रिड र बार्सिलोनाबाट पनि खेलिसकेका छन् । विभिन्न क्लबबाट ला लिगाका कुल १४९ खेल खेलेका ५१ बर्षिय लोपेटेगीले स्पेनको राष्ट्रिय टिमबाट १९९४ को विश्कप समेत खेलेका थिए ।

जिनेदिन जिदानले गत मेमा अचानक राजीनामा दिएपछि रियल नयाँ प्रशिक्षकको खोजीमा रहेको थियो । साढे दुई बर्षको छोटो अवधिमा जिदानले रियललाई लगातार तीन च्याम्पियन्स लिग र एक ला लिगाको उपाधि जिताएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै