जुलियन लोपेटेगी बने रियल म्याड्रिडको नयाँ म्यानेजर, विश्वकप पछि पद सम्हाल्ने 

खरीबोट

काठमाडौँ स्पेनिस क्लब रियल म्याड्रिडले स्पेनका राष्ट्रिय टिमका प्रशिक्षक जुलियन लोपेटेगीलाई क्लबको नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ।

लोपेटेगीले विश्वकप पछि रियलको प्रशिक्षक पद सम्हाल्ने क्लबले जानकारी दिएको छ । रियलले उनीसँग तीन वर्षको सम्झौता गरेको जनाएको छ ।

लोपेटेगीले सन् २०१६ को जुलाईमा स्पेनको राष्ट्रिय टिमको जिम्मेवारी सम्हाल्नु अघि दुई सिजन पोर्टोको म्यानेजर बनेका थिए ।

पूर्वगोलरक्षक लोपेटेगीले रियल म्याड्रिड र बार्सिलोनाबाट पनि खेलिसकेका छन् । विभिन्न क्लबबाट ला लिगाका कुल १४९ खेल खेलेका ५१ बर्षिय लोपेटेगीले स्पेनको राष्ट्रिय टिमबाट १९९४ को विश्कप समेत खेलेका थिए ।

जिनेदिन जिदानले गत मेमा अचानक राजीनामा दिएपछि रियल नयाँ प्रशिक्षकको खोजीमा रहेको थियो । साढे दुई बर्षको छोटो अवधिमा जिदानले रियललाई लगातार तीन च्याम्पियन्स लिग र एक ला लिगाको उपाधि जिताएका थिए । 
 

सम्बन्धित समाचार

यस सिजन रियल म्याड्रिड नजाने भए नेइमार !

काठमाडौँ । यस सिजनमा नेइमारलाई भित्राउने रियल म्याड्रिडको सपना चकनाचुर भएको छ ।  नेइमारले आफु यस सिजनमा पिएसजीमै बस्ने बताएपछि रियल म्याड्रिडले नेइमारलाई भित्राउने प्रयास असफल भएको छ । शुक्रबार मिडियासँग

ब्राजिलका 'नयाँ नेइमार' भिनिसीयस जुनियरलाई रियल म्याड्रिडले भित्र्यायो 

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडले ब्राजिलका युवा सेन्सेसनल भिनिसीयस जुनियरलाई भित्राएको छ । १८ बर्षिय भिनिसीयसलाई ब्राजिलका ‘नयाँ नेइमार’को रुपमा हेरिएको छ । रियल म्याड्रिडले उनीसँग गतबर्ष नै ४५ मिलियन

रियल म्याड्रिडले भन्यो – ‘नेइमारलाई ल्याउने कुनै योजना छैन’

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडले पिएसजीबाट खेल्ने ब्राजिलका फुटबल स्टार नेइमारलाई क्लबमा भित्राउने आफ्नो योजना नभएको बताएको छ । नेइमार रियल म्याड्रिड जाने लगातार समाचारहरु प्रकाशित भएपछि रियलले एक विज्ञप्ति

रोनाल्डोले किन छोडे रियल म्याड्रिड ? मेसीसँगको द्वन्द सकियो त ?

काठमाडौं । पोर्चुगलका सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले स्पेनको रियल म्याड्रिड छोडेर इटालियन क्लब युभेन्ट्स क्लबसँग सम्झौता गरेका छन् ।  सन् २००९ मा कीर्तिमानी रकममा म्यानचेस्टर युनाइटेडबाट रियल गएका रोनाल्डोले ३३ बर्षको