• २०८१ बैशाख ६ बिहीबार

सेयरबजार ओरालो लागेको दिन कारोबार रकम ३० करोडमा सीमित 

kharibot

काठमाडौं । आज मंगलबार नेप्सेमा सामान्य अंकले गिरावट देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा १५ करोडले घटेको छ ।

नेप्से आज एक दशमलव ९३ अंकले घटेर १२ सय ३९ दशमलव २६ विन्दुले झरेको छ भने सेन्सिटिभ शून्य दशमलव ६४ अंकले घटेर दुई सय ६० दशमलव ४७ विन्दुले झरेको छ । एक सय ६० कम्पनीहरुको चार हजार ७५ वटा कारोबारमा नौ लाख ५७ हजार एक सय २७ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ३० करोड २८ लाख ४७ हजार एक सय ६६ रुपैयाँमा सिमित रहेको छ । 

नेप्सेमा आज नौ वटा समूहको कारोबार भएकोमा पाँचवटा समूहको कारोबार सूचक घटेको, तीन वटाको सामान्य अंकले बढेको र अन्य समूहको सूचक स्थिर देखिएको छ । वाणिज्य बैंक समूहको सूचक दुई दशमलव नौ अंकले घटेर एक हजार ४८ दशमलव ९० विन्दुमा झरेकोमा १२ करोड दुई लाख ४२ हजार रुपैयाँको खरिद बिक्री भएको छ ।

विकास बैंक समूहको सूचक पनि शून्य दशमलव ४७ अंकले घटेर १४ सय ४३ दशमलव ४६ विन्दुमा झरेकोमा एक करोड एक लाख ८० हजार तीन सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । होटल र लघुवित्त समूहको सूचक पनि आज घटेका छन ।

बीमा समूहको सूचक भने आज एक दशमलव ५९ अंकले बढेर छ हजार तीन सय ३९ दशमलव ८३ विन्दुमा चढेकोमा पाँच  करोड ६९ लाख ६१ हजार एक सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । फाईनान्स र उत्पादनमुलक समूहको सूचक पनि आज बढेका छन । 

आज बढी कमाउने कम्पनीको सूचीमा परेको उन्नती मार्ईक्रो फाईनान्सको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९५ पैसाले बढेर १९ सय पाँच रुपैयाँमा खरिद बिक्री भएको छ भने बढी गुमाउने कम्पनीको सूचीमा परेको कावेली विकास बैंकको सेयर मुल्य छ रुपैयाँ १२ पैसाले घटेर दुई सय ३० रुपैयाँमा खरिद बिक्री भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको भने आज एक हजार २८ रुपैयाँ अन्तिम मुल्यमा दुई करोड ३५ लाख ५५ हजार दुई सय ७५ रुपैयाँको सेयर  खरिद बिक्री भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै