• २०८१ बैशाख ८ शनिबार

इन्टरनेशनल फाइनान्स कर्पोरेसन (विश्व बैंक) र निर्धन उत्थान बैंकबीच सम्झौता

kharibot

काठमाडौं । निर्धन उत्थान बैंक र इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी)बीच सम्झौता भएको छ । दुुवै संस्थाका प्रमुुखहरुबीच जेठ २८ गत कर्जाको लागि सम्झौता भएको हो । 
सम्झौतामा निर्धन उत्थानका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्त र आईएफसीका तर्फबाट नेपालका लागि रेसिडेन्ट प्रतिनिधि मोहम्मद रेहन रसिदबीच हस्ताक्षर भएको हो । यो सम्झौता नेपाल राष्ट्र बैंकबाट अनुमोदन भएपश्चात् आईएफसीले निर्धन उत्थान बैंक लिमिटेडलाई एक अर्ब रुपैयाँ कर्जा प्रदान गर्नेछ ।

यो निर्धन उत्थान बैंक लिमिटेड देशको सातवटै प्रदेशका ७७ वटै जिल्लाहरुको शाखा सञ्जाल रहेको नेपालको एक मात्र देशको सबै जिल्लामा पुगेको राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । यस बैंकले ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक विकासको लागि विभिन्न प्रकारका तालिमहरु समेत प्रदान गर्दै आइरहेको छ ।

ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पीडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आबद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता तालिम, व्यवसाय विकास सेवा कार्यक्रम, सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

यस बैंकले देशको दुर्गम जिल्लाहरुको कुना–कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्नुका साथसाथै आफना ग्राहक सदस्यहरुलाई विभिन्न प्रकारका तालिमहरु प्रदान गर्दै आइरहेको छ । तालिम लिएका आफना ग्राहक सदस्यहरुको आवश्यकतानुसार लगानी समेत गर्दै आइरहेको छ ।

बैंकले देशको सातवटै प्रदेशका देशको ७७ वटा जिल्लाहरुमा बैंकले १७९ वटा शाखा कार्यालय, १० वटा क्षेत्रीय कार्यालय, केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयहरुको विशाल सञ्जाल बनाएको छ ।

यसै सञ्जालमार्फत बैंकले २०७५ वैशाख मसान्तसम्ममा ३ लाख ११ हजार ६९ घरपरिवारहरुमा सेवा पु¥याइरहेको छ । बैंकले २०७५ वैशाख मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १५ अर्ब ९ करोड रहेको छ भने ग्राहक सदस्यहरुका ७ अरब ९८ करोड बचत परिचालन गरेको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै