• २०८१ बैशाख ७ शुक्रबार

उत्तर कोरियाका जनताले ट्रम्प र किमको वार्ता हेर्न पाएनन्, किन ? 

kharibot

फाइल तस्बिर ।

मंगलबार पूरै विश्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किम जोंग उनबीच भएको ऐतिहासिक भेटवार्ता हेर्न टिभी स्क्रिनिंगमा व्यस्त भयो । कतिपय च्यानलहरुले लाइभ नै सिंगापुरमा भएको शिखरसम्मेलनको दृश्य तत्कालै देखाए । 

किम जोंग उन र डोनाल्ड ट्रम्पले परस्परमा हात मिलाए, हाँसे र सिंगापुरको होटल कपेल्लाको बगैंचामा सँगसँगै घुमेको भिडियो मंगलबार विश्वभर नै टिभीहरुमा देखियो ।

पूरै विश्वमा उत्तर कोरियाबारे चर्चा भइरहँदा उत्तर कोरियामा चाहिँ कसरी त्यहाँका जनताले यो सबै हेरे होलान् भन्ने जिज्ञासा बढेको छ । अझ उत्सुकतापूर्ण कुरा त ट्रम्प र किमबीचको भेट देख्न पाए कि पाएनन् होला ? 

उत्तर कोरियाको सरकारी टिभी च्यानल कोरियन सेन्ट्रल टेलिभिजन (केसीटीभी)मा किम र ट्रम्पको भेटबारे केही बताइएन । उक्त च्यानलको प्रसारण नेपाली समयानुसार बिहान ११ः४्र५ मा सुरु हुन्छ । यो समयमा जुन समाचार प्रसारण गरिएको थियो, त्यसमा खालि किम जोंग उन सिंगापुर गएका छन् भन्ने मात्रै सूचना दिइएको थियो । 

प्रसारणको सुरुवात राष्ट्रिय गानबाट भएको थियो । त्यसको १० मिनेटपछि एक महिला समाचार वाचिकाले किम सिंगापुर गएको खबर सुनाइन् तर त्यसमा कुनै तस्बिर र भिडियो प्रसारण गरिएन । यता उत्तर कोरियाको सत्ताधारी दलको समाचारपत्र रोडोंग सिनमुनले किमको भ्रमणबारे १४ तस्बिर प्रकाशित गरेको थियो । 

यसमा किम र सिंगापुरका अधिकारीहरुबीच भेटेको तस्बिर समावेश थियो । सरकारी रेडियोमा पनि किम जोंग उन सिंगापुर पुगेको र फरक फरक अधिकारीहरुसँग भेटेको समाचार प्रसारण गरिएको थियो । 

चीनमा कसरी गरियो प्रसारण ? 
दुई राष्ट्रपतिबीचको भेटलाई चीनमा पनि महत्वका साथ हेरिएको थियो । चीनको सरकारी च्यानल टिभी सीजीटीएनले भेटको प्रत्यक्षप्रसारण गरेको थियो । चिनियाँ टिभीका संवाददाताहरु सिंगापुर पुगेरै समाचार कभरेज गरेका थिए । सिंगापुर पुगेका उनीहरुले उत्तर कोरियाले सुरक्षा ग्यारेन्टीविनै परमाणु हतियार नष्ट गर्ने हो कि भन्ने शंका व्यक्त गरेका थिए । 

त्यस्तै, चीनको एक अन्य वेबसाइट गुआन्चा डट सीएनमा किम र ट्रम्पको भेटको समाचार प्रमुखताका साथ समावेश थियो । त्यस्तै सिन्ह्वाले पनि भेटपहिले नै एक अनलाइन लेख पोष्ट गरेको थियो । 

  • बीबीसी । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै