• २०८१ बैशाख १४ शुक्रबार

प्रदेश २ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

kharibot

महेन्द्रनगर, धनुषा । प्रदेश नं २ मा प्रदेश सरकारको आव २०७५। ०७६को नीति तथा कार्यक्रमसहित दुई विधेयक आज सर्वसम्मतले पारित भएको छ । 

प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि सात जनाले संशोधन प्रस्ताव दर्ता गराए पनि सबैले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका थिए । प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी, बच्चा यादव, लगनलाल चौधरी, रामचन्द्र मण्डल र सुन्दर बहादुर विश्वकर्मालगायतले आआफ्ना संशोधन प्रस्ताव फिर्ता लिए । 

त्यसैगरी नेपाली काँग्रेसले नीति तथा कार्यक्रममा छुटेको भनेको राजर्षि जनक विश्वविद्यालयको स्थापना र विकासलाई समेत नीति तथा कार्यक्रममा समेटिने मुख्यमन्त्री राउतले प्रतिबद्धता जनाएपछि कांग्रेसले पनि समर्थन गर्यो । 

यस्तै प्रदेश नं २ का मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक एवं सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र प्रदेश २ का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी बनेको विधेयक २०७५ पनि सर्वसम्मतले पारित भएको छ । 

आजको बैठकमा नीति तथा कार्यक्रममाथि २१ जनाले आआफ्ना धारणा राख्नुभएको थियो । नीति तथा कार्यक्रम गत बिहीबार प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले प्रस्तुत गरे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै