• २०८१ बैशाख ७ शुक्रबार

दाजुभाईको विवादले धनुषा, महोत्तरी र सिन्धुलीमा पेट्रोलियम पदार्थको हाहाकार

kharibot

जनकपुरधाम । पेट्रोलियम पदार्थको कृत्रिम आभाव गर्ने धनुषाका दुई जना दाजु भाईलाई प्रहरीले पक्राउ गरेको छ ।

उनिहरुको विवादका कारण धनुषा, महोत्तरी र सिन्धुलीमा जिल्लामा पेट्रोलियम पदार्थको हाहाकार भएको छ । नेपाल आयल निगम धनुषाको महेन्द्रनगरमा रहेको डिपोबाट तीन दिनदेखि डिजल पेट्रोलको बिलिंग भएको छैन ।

ट्यांकर चालकहरुको भत्ता दिने विषयमा पेट्रोलियम डिलर्स एसोसिएसन जनकपुरका अध्यक्ष विशुनदेव साह  र पेट्रोलियम ढुवानी संघ जनकपुरका अध्यक्ष उनका दाई  किसुनदेब साहबीच विवाद हुँदा यस्तो अवस्था सृजना भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए ।   

पेट्रोल पम्प व्यवसायीहरुले ट्यांकर चालकलाई ढुवानी वापत दिँदै आएको ६ सय रुपैयाँ कटौती गरेपछि चालकहरुले ढुवानी सेवा नै बन्द गरेका हुन् ।

गएको शुक्रबारदेखि नै डिजेल पेट्रोलको बिलिंग नभएपछि पेट्रोल पम्पहरुमा डिजेल पेट्रोलको अभाव भएको हो ।

यी दुई संस्थाका अध्यक्ष एवं दाजुभाईबीचको विवादले चालकहरुले ट्यांकर चलाउन बन्द गरेपछि बिलिंग नभएर बजारमा पेट्रोलियम पदार्थको हाहाकार भएको ट्यांकर चालकहरुको संगठन नेपाल टयांकर चालक मजदुर संघ महेन्द्रनगरका अध्यक्ष योगी यादवले प्रतिक्रिया दिए । 

धनुषाको महेन्द्रनगर डिपोबाट धनुषा,महोत्तरी तथा सिन्धुली सहितका तीन जिल्लाहरुमा २ लाख ५० हजार लिटर डिजल तथा १ लाख लिटर पेट्रोल दैनिक रुपमा बिक्रि वितरण हुँदै आएको छ ।

महेन्द्रनगर डिपो अन्तर्गत अहिले झण्डै १ सयको संख्यामा ट्यांकरले तेल आपुर्ति तथा ढुवानी गर्दै आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै