• २०८१ बैशाख ७ शुक्रबार

प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरी टिमले जित्यो 

kharibot

काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरीको टिमले जितेको छ ।

आज भएको फाइनलमा नेपाल आर्मीको टिमलाई ६ विकेटले पराजित गर्दै सशस्त्र प्रहरीले उपाधि जितेको हो । 

आर्मीले दिएको २१० रनको लक्ष्य पछ्याएको सशस्त्र प्रहरी टिमले ४१.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

सशस्त्रलाई जिताउने क्रममा अनिल शाह र प्रदीप ऐरीले ६३-६३ रन बनाएका थिए भने पृथु बास्कोटाले ३२ रोहित पौडेलले १५ तथा करण केसीले १५ रन बनाएका थिए ।

नेपाल आर्मीका सोमपाल कामीले ३ तथा बिक्रम सोबले एक विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेपाल आर्मी टिमले ५० ओभरमा ९ विकेट गुमाउदै २०९ रन बनाएको थियो । नेपाल आर्मीका लागि भिम सार्कीले सर्वाधिक ४५ रन बनाए भने सोमपाल कामीले ३६, कप्तान बिनोद भण्डारीले ३५, राजेश पुलामी मगरले २७, नरेश बुढा अयरले २० र अनिल मण्डलले १९ रनको योगदान दिएका थिए । 

त्यस्तै सशस्त्रका बलर करण केसीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए । करणले १० ओभरमा २ ओभर मेडन फाल्दै आर्मीका सागर पुन, सोमपाल कामी र बिक्रम सोबलाई आउट गरेका थिए ।

त्यस्तै सशस्त्रका भुवन कार्की र कप्तान बसन्त रेग्मीले २-२ विकेट तथा पवन सराफले एक विकेट लिएका थिए । 


 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै