• २०८१ बैशाख ८ शनिबार

प्रदेश प्रमुख झाबाट विधेयक प्रमाणीकरण

kharibot

फाइल तस्विर । 

बुटवल / प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले प्रदेशअन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेका छन  । 

नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुख झाबाट आज विधेयक प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयका सचिव सनतकुमार दवाडीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसअघि प्रदेशसभाको जेठ १६ गते बसेको बैठकले विधेयक पारित गरेको थियो । 

प्रदेश प्रमुखबाट विधेयक प्रमाणीकरण भएपछि अब स्थानीय तहका जनप्रतिनिधिहरुलाई सेवा सुविधा प्राप्त गर्ने बाटो खुलेको छ । 

प्रदेशसभा बैठकले पारित गरेअनुसार प्रदेश नं ५ का स्थानीय तहका जनप्रतिनिधिमध्ये जिल्ला समन्वय समितिका प्रमुखको मासिक तलब भत्ता ४१ हजार, उपप्रमुखको  ३६ हजार र सदस्यको  १६ हजार, उपमहानगरपालिकाका प्रमुखको  ४० हजार, उपप्रमुखको  ३५ हजार रुपैयाँ, वडाध्यक्षको  २६ हजार, कार्यपालिका सदस्यको . १५ हजार र वडा सदस्यको रु नौ हजार हुनेछ । 

त्यस्तै नगरपालिकाका प्रमुखको मासिक  ३५ हजार, उपप्रमुखको  ३० हजार, वडा अध्यक्षको  २५ हजार, कार्यपालिका सदस्यको १३ हजार, सदस्यको रु आठ हजार र गाउँपालिकाका अध्यक्षको मासिक ३० हजार, उपाध्यक्षको  २७ हजार, वडा अध्यक्षको २० हजार, कार्यपालिका सदस्यको  १२ हजार र सदस्यको  सात हजार हुने छ । यसबाहेक मासिक तलब भत्ताका अतिरिक्त बैठक तथा भ्रमण भत्ता पनि उनीहरुले पाउने छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै