• २०८१ बैशाख ८ शनिबार

गोरेसहित तीनजनालाई सम्पत्ति शुद्धिकरणमा छानबिन हुने, आजै काठमाडौँ ल्याइदै 

kharibot

काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरे सहितका तीन जनालाई सम्पत्ति शुद्धिकरणबारे छानबिन हुने भएको छ ।

गोरे सहित एसएसपी श्याम खत्री र राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङलाई सोमबार विराटनगरबाट काठमाडौं ल्याइँन लागेको छ । 

प्रहरीले जिल्ला अदालतको स्वीकृतिमा उनीहरुलाई काठमाडौं ल्याउँदै छ । सम्पत्ति शुद्धिकरणमा अनुसन्धान गर्नका लागि उनीहरुलाई काठमाडौं ल्याउन लागिएको हो भने उनीहरुमाथि छानबिन समितिले सुन प्रकरणमा पनि थप अनुसन्धान गर्ने बताइएको छ । 

सुन तस्करीका मुख्य आभियुक्त मानिएको गोरेले तस्करीमा एसएसपी श्याम खत्रीलाई पोलेका छन् भने खत्रीले आफुलाई लगाइएको आरोपको खण्डन गर्दै आफुले सुन तस्करी नगरेको बताएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै