• २०८१ बैशाख ७ शुक्रबार

नेविसंघद्वारा मूल्यवृद्धिको विरोधमा सिठी बजाएर प्रदर्शन

kharibot

काठमाडौँ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा आज सिठी बजाएर प्रदर्शन गरेको छ । 

नेविसंघले सरकारले निरन्तर रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि आज अपराह्न विश्वभाषा क्याम्पस, पद्यमोदय मोड, पुतलीसडक, कमलादी, त्रिचन्द्र कलेज, रत्नपार्क हुँदै राष्ट्रिय सभागृह अगाडिसम्म विरोध प्रदर्शन गर्यो ।

सो अवसरमा नेविसंघका अध्यक्ष नैनसिंह महरले पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि हवाइजहाजको भाडा वृद्धि भएको छ, जनता मारमा परेका छन्, त्यसैले नेविसंघ विरोधमा उत्रिएको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै