• २०८१ बैशाख १३ बिहीबार

राष्ट्रियसभामा चार समिति बन्ने, सदस्यको पदावधि गोलाप्रथाबाट कायम हुने

kharibot

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले राष्ट्रियसभा नियमावली २०७५ मा चार समितिसहित सदस्यको पदावधि निर्णय गर्ने तरिकाको व्यवस्था गरेको छ । 

सात अनुसूची र २८ परिच्छेदको नियमावलीमा राष्ट्रियसभाको अधिवेशन तथा बैठक सञ्चालन, अध्यक्ष तथा उपाध्यक्षको निर्वाचन एवं बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन र बैठकको कार्यविधि उल्लेख गरिएको छ ।

त्यसैगरी राष्ट्रियसभाले निर्णय गर्ने तरिका, बैठकको व्यवस्थापन, राष्ट्रपतिबाट सम्बोधन, नीति तथा कार्यक्रम, प्रस्तावसम्बन्धी कार्यविधि, व्यवस्थापन कार्याविधिलगायत विषय उल्लेख गरिएको छ । 

नियमावलीअनुसार राष्ट्रियसभाअन्तर्गत चार समिति रहनेछ । दिगो विकास तथा सुशासन, विधान व्यवस्थापन, प्रत्योयोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहनेछन् ।

त्यसैगरी संकटकालीन अवस्थाको घोषणा वा आदेश अनुमोदनसम्बन्धी तथा गोलाप्रथाद्वारा सदस्यको पदावधि कायम गर्नेसम्बन्धी व्यवस्था गरिएको छ । नेपालको संविधानको धारा १०४(१) अनुसार नियमावली पारित गरिएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै