• २०८१ बैशाख ८ शनिबार

बजार सूचक २५ अंकले घटेपछि सेयरबजारमा पहिलो दिन नै निराशा

kharibot

काठमाडौं । यो साताको सुरुवातको दिन आज आइतबार नै नेप्से पूर्णरुपमा नकारात्मक देखिएको छ । कारोबार रकम सन्तोषजनक देखिए पनि सबै सूचक घट्दा आज नेप्से पुर्णरुपमा रातो भएको छ ।

नेप्से २५ दशमलव ४३ अंकले घटेर १२ सय ३१ दशमलव ६४  विन्दुमा झर्दा सेन्सिटिभ पाँच दशमलव तीन अंकले घटेर दुई सय ५९ दशमलव १६ विन्दुमा झरेको छ । कुल एक सय ६२ वटा कम्पनीहरुको पाँच हजार सात सय ११ वटा कारोबारमा ११ लाख ७६ हजार ३४ कित्त सेयर खरिद बिक्री भएका छन ।

उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ४४ करोड ४३ लाख ९२ हजार आठ सय १३ रुपैयाँ पुगेको छ । 

आज नौ वटा हुदा सबै सूचक घटेकाछन । सबैभन्दा उच्च विन्दुले घटेको बीमा समूहको सूचक दुई सय १७ दशमलव २४ अंकले घटेर छ हजार दुई सय ३५ दशमलव ४४ विन्दुमा झरेकोमा नौ करोड १२ लाख ५५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

वाणिज्य बैंक समूहको सूचक १९ दशमलव २८ अंकले घटेर एक हजार ४५ दशमलव ५० विन्दुमा झरेकोमा १९ करोड ९५ लाख ५० हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

यसैगरी विकास बैंक समूहको सूचक २२ दशमलव २४ अंकले घटेर १४ सय ४६ दशमलव ७६ विन्दुमा झरेकोमा एक करोड ९२ लाख ७३ हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसबाहेक जलविद्युत, लघुवित्त, होटल, फाइनान्स, उत्पादनमूलक र अन्य समूहको सूचकमा पनि अज उच्च अंकले गिरावट आएको छ । 

आज बढी कमाउने कम्पनीको सूचीमा परेको उन्नति माइक्रोफाइनान्सको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ९४ पैसाले बढेर १५ सय २६ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सूचीमा परेको मिर्मिरे माइक्रोफाइनान्सको प्रतिकित्ता सेयर मूल्य भने आठ रुपैयाँ तीन पैसाले घटेर  १६ सय २५ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी रकम कारोबारका आधारमा अग्रस्थानमा परेको मेगा बैंकको भने एक सय ७५ रुपैयायाँ अन्तिम मूल्यमा चार करोड २० लाख २९ हजार आठ सय ३५ रुपैयाँको सेयर किनबेच भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै