• २०८१ बैशाख ८ शनिबार

काठमाडौँ महानगरको १५ वडामा अपाङ्गमैत्री आकाशेपानी संकलन योजना 

kharibot

तस्बिर : किशोर सेढाई

काठमाडौँ । काठमाडौँ महानगरपािलकाका प्रमुख विद्या सुन्दर शाक्यले महानगरपालिकाको मातहतमा बन्ने सवै भवन अव अपाङ्गमैत्री हुने बताएका छन् । 

काठमाडैं महानगरपािलका वडा नं १५ परिसर स्यम्यभ्यूमा आयोजित अपाङ्गमैत्री आकासेपानी संकलन तथा शुद्धिकरण तथा अपाडंमैत्री प्रवेशद्धार कार्यक्रमको उदघाटन् गर्दै महाननगरपािलका प्रमुख शाक्यले सो कुरा बताएका छन्  । 

यसैगरी प्रमुख शाक्यले महानगरले आगामी दिनमा महानगरक्षेत्र भित्र रहेका सार्वजनिक जग्गा खोजी गरि त्यसलाई  उपयोगी बनाई पार्टी पौवा, जेष्ठ नागरिकको मनोरन्जन केन्द बनाउने योजना समेत रहेको महानगरबासीलाई  जानकारी गराए । 

कार्यक्रमको उदघाटन पछि महानगरपालिका प्रमखु शाक्यलाई आकाशेपानिी संकलन अभियानका योजनाकार प्रकाश अमात्यले आकाशेपानी संकलनको प्राविधिक पक्ष, यसको संकलन गर्ने तरिका तथा पानिको शुद्धिकरण गर्ने तरिका बारे जानकारी गराए । 

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै कामनपा १५ वडाका वडाध्यक्ष इश्वरमान डंगोलले आफुले जन प्रतिनिधिको रुपमा गत जेष्ठ १७ गते शपथ ग्रहण तथा पद बहाली गरेकै दिन  १ नं बुँदामा अपाड. मैत्री कार्य गर्ने घोषणा अनुरुप महानगरपालिकाको ३२ वटा वडा मध्यै पहिलो वडाको रुपमा आजको आफनो वडामा अपाङमैत्री आकासेपानी संकलन तथा शुद्धिकरण कार्यक्रमको थालनी भएको बताए ।

कार्यक्रममा बोल्दै यस आकाशेपानी संकलन अभियानका योजनाकार प्रकाश अमात्यले करिव दुइ लाखको लगानीमा बनेको यस योजना अन्तर्गत अव वडामा दैनिक आउने करिव दुइ सय जना सेवाग्राहीलाई देीनक खानेपानीको समस्या नहुने बताउँदै यस खालको प्रयोग सवैले आ(आफनो घरघरमा गर्न सक्ने समेत बताए । 

कार्यक्रममा बोल्दै सामुदायिक स्वास्थ्य सेवा परिषदका १५ वडाका अध्यक्ष हरि गोपाल श्रेष्ठले यस वडामा आफुहरुले संचालन गरेको स्वास्थ्य सेवामा बालबालिका, अपाडं. तथा जेष्ठ नागरिकहरुलाई निःशुल्क  उपचारको सेवा प्रदान गरिने बताए । 

कार्यक्रममा महानगरपालिकाका १८ वडाका वडाध्यक्ष न्हुछेकाजी महर्जन,विपद व्यवस्थापन विभागका विभागीय प्रमुख इन्द्रमान सिं सुवाल, शहरी सुव्यवस्था विभागका बरिष्ठ अधिकृत गणेश थपलिया हनुमान ढोका दरवार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख उदय पसखल लगायत स्थानीय बुद्धिजीवि तथा वडा वासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै