• २०८१ बैशाख ८ शनिबार

कृष-४ मा ऋतिकको अपोजिट प्रियंका चोपडा  

kharibot

मुम्बई । बलिवुडबाट हलिवुडमा व्यस्त रहेकी अभिनेत्री प्रियंका चोपडाले बलिवुडमा धमाधम फिल्म साइन गर्न थालेकी छन् । 

हालै मात्र सलमान खानको भारत फिल्म साइन गरेकी प्रियंकाले ऋतिक रोशनसँग फिल्म कृष-४ पनि साइन गरेकी छन् ।

प्रियंक ले यस अघि कृष र कृष-३ मा अभिनय गरेकी थिइन् । यो सँगै प्रियंका ऋतिक रोशनको अपोजितमा एक पटक फेरी देखिने भएकी छन् । कृष-४ का निर्देशक राकेस रोसनले फिल्ममा प्रियंका रहने पुष्टि गरेका छन् । कृष सिरिजको पहिलो फिल्म कोइ मिल गया सन २००३ मा बनेको थियो भने त्यसपछि कृष, कृष-२ र कृष ३ रिलिज भइसकेका छन् ।

राकेस रोसनले कृष ४ र कृष ५ एकै पटक सुटिंग गर्ने गरि तयारी गरिरहेको बताइएको छ ।

हाल आफु भन्दा १० बर्ष कान्छा हलिवुडका गायकसँग आफ्नो अफयेर्सका कारण मिडियामा छायकी प्रियंका छिट्टै सलमानसँगको फिल्म भारतको सुटिंग थाल्ने बताइएको छ ।

प्रियंकाले २०१६ मा प्रकाश झाको फिल्म जय गंगाजलपछि कुनै फिल्ममा अभिनय गरेकी छैनन् ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै