• २०८१ बैशाख ११ मंगलबार

प्रधानमन्त्री कप क्रिकेट : प्रहरीलाई हराउदै एपीएफ फाइनलमा, उपाधिका लागि आइतबार आर्मीसँग खेल्ने 

kharibot

काठमाडौँ । विभागीय टिम सशस्त्र प्रहरी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

आज भएको सेमिफाइनल खेलमा नेपाल प्रहरीलाई पराजित गरेपछि आब प्रतियोगित को फाइनल खेल दुई विभागीय टिमबीच नेपाल आर्मी र सशस्त्र प्रहरी (एपिएफ)बीच हुने भएको छ ।

एपीएफले २०९ रनको लक्ष्य दिएपनि खेल वर्षाबाट प्रभावित भएपछि नेपाल प्रहरीलाई २८ ओभरमा १४१ रनको लक्ष्य दिइएको थियो । १४१ रनको लक्ष्य पछ्याएको प्रहरीको टिम २८ ओभरमा ९ विकेट गुमाउदै १३१ रन बनाए पछि खेल एपीएफले ९ रनले जितेको थियो ।

प्रहरीका लागि सुनी धमलाले सर्वाधिक २८ रन बनाए भने दिलिप नाथले १६, दिपेन्द्र ऐरीले १४ तथा कुशल भुर्तेलले १२ रन बनाएका थिए । एपीएफका अमर सिंह रौतेलाले ३ विकेट लिए भने बसन्त रेग्मीले २ विकेट लिएका थिए । 

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको एपीएफले ४८.५ ओभरमा अलआउट हुदै २०८ रन बनाएको थियो । एपीएफका लागि अनिल शाहले सर्वाधिक ४५ रन बनाए भने पृथु बास्कोटाले ४०, रोहित पौडेलले ३२ तथा प्रदीप ऐरीले २४ रनको योगदान दिएका थिए ।

त्यस्तै नेपाल प्रहरीका दिपेन्द्र ऐरीले ३ तथा अरिफ शेख र ललित राजबंशीले २-२ विकेट लिएका थिए ।   

प्रतियोगिताको फाइनल खेल अब एपीएफ र नेपाल आर्मीबीच आइतबार हुने छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै