• २०८१ बैशाख ७ शुक्रबार

निर्वाचन क्षेत्र निर्धारण आयोगले हिमाल र पहाडी क्षेत्रका जनतालाई अन्याय गर्यो: उपाध्यक्ष ज्ञवाली

kharibot

फाइल तस्बिर

रुकुम । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले निर्वाचन क्षेत्र निर्धारण आयोगले हिमाल र पहाडी क्षेत्रमा बसोबास गर्ने जनतालाई अन्याय गरेको बताएका छन् । नेता ज्ञवालीले आज बिहान प्रेस चौतारी रुकुमद्वारा आयोजित पत्रकार सम्मेलनमा आयोगले क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई मात्र आधार मानेर हिमाल र पहाडी क्षेत्रमा बसोबास गर्ने जनतालाई अन्याय गरेको बताएका हुन् ।

“आयोगले क्षेत्र निर्धाण गर्दा ३० प्रतिशत भूगोललाई र ७० प्रतिशत जनसंख्यालाई आधार मान्नुपर्ने थियो । तर ९० प्रतिशत जनसंख्यालाई र १० प्रतिशत मात्र भूगोललाई आधार बनाएको छ, उपाध्यक्ष ज्ञवालीले भने, यसले गर्दा आयोगले विभेद गरेर गम्भीर गल्ती गरेको छ ।”

६ नम्बर प्रदेश संयोजकसमेत रहनुभएका उपाध्यक्ष ज्ञवालीले ६ नम्बर प्रदेशको राजधानी सुर्खेतमा बनाउने र यसको नाम कर्णाली प्रदेश राख्नको लागि एमाले प्रदेश समितिले निर्णय गरिसकेको जानकारी गराए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै