• २०८१ बैशाख १२ बुधबार

बारामा स्कार्पियो पल्टिँदा एकको मृत्यु

kharibot

बारा । स्कार्पियो जिप पल्टिँदा बारामा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषा जिल्ला सबैठा वडा नं.१३ बस्ने ६८ वर्षिय नारायण श्रेष्ठ रहेका छन् ।

पूर्वबाट पश्चिमतर्फ द्रुत गतिमा जाँदै गरेको बा.४.च.७७६७ नं को स्कार्पियो जिपको स्टेरिङ फेल भएर गुल्टिदा सड्कमा रोकि राखेको आर.जे.१४.जी.ई.६१०० नं को भारतीय मालवाहक ट्रकमा ठोक्किएको हो ।

जनकपुरबाट बिरगंज तर्फ जाँदै गरेको सो स्कार्पियो जिप निजगढ पथलैया सड्क खण्डको टागियाबस्ती नजिकै विहान ५:३० बजेको समयमा सो दुर्घटना भएको हो ।

श्रेष्ठको घटना स्थलमै मृत्यु भएको थियो , भने दुवै सवारी चालकलाई इलाका प्रहरी कार्यालय निजगढको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय कलैया बाराले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै