• २०८१ बैशाख ७ शुक्रबार

ह्यारी केनद्वारा टोटनह्यामसँग सम्झौता नवीकरण, प्रिमियर लिगको दोस्रो महँगो खेलाडी बने  

kharibot

काठमाडौँ । इङल्याण्डका राष्ट्रिय टिमका कप्तान ह्यारी केनले सन २०२४ सम्म टोटनह्याम मै रहने गरि आफ्नो सम्झौता नवीकरण गरेका छन् ।

ब्रिटिश मिडियाका अनुसार केनले प्रति साता ३ लाख पाउण्ड पारिश्रमिक पाउने गरि नयाँ सम्झौता गरेको उल्लेख गरेका छन् । केन यो सम्झौता पछि प्रिमियर लिगमा दोस्रो धेरै पारिश्रमिक पाउने खेलाडी बनेका छन् । केनभन्दा धेरै म्यान्चेस्टर युनाइटेडका चिलियन स्ट्राइकर एलेक्सिस सान्चेजले प्रति साता साढे ३ लाख पारिश्रमिक लिने गर्दछन् ।

केन यसै सिजनमा प्रिमियर लिगमा टोटनह्यामका लागि ३० गोल गरेका थिए । केन लिभरपुलका मोहमद सलाहपछि प्रिमियर लिगमा दोस्रो धेरै गोल गर्ने खेलाडी हुन् ।

२००९ देखि नै टोटनह्यामसँग आवद्ध केन २०१० देखि २०१३ सम्म विभिन्न क्लबमा लोनमा गएर २०१३-१४ सिजन देखि टोटनह्यामका लागि खेल्न थालेका थिए । केनले २०१४-१५ देखि नियमित रुपमा टिममा ठाउ बनाउन सफल भएका थिए । केनले २०१४-१५ सिजनमा टोटनह्यामका लागि ५१ खेलमा ३१ गोल गरेका थिए ।

अहिलेसम्म टोटनह्यामका लागि २१३ खेल खेलका केनले कुल १४० गोल गरेका छन् ।

इङल्याण्डको राष्ट्रिय टिममा २०१५ मा डेभ्यु गरेका केनले २४ खेलमा १३ गोल गरेका छन् भने यस विश्वकपमा कप्तानको रुपमा टिमको नेतृत्व गर्दैछन् ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै