• २०८१ बैशाख १३ बिहीबार

प्रदेश ५ मा संसद् विकास कोष नआएकामा सांसदहरुको असन्तुष्टि

kharibot

बुटवल । प्रदेश नं ५ का प्रदेशसभा सदस्यले चालु आर्थिक वर्षको नीति कार्यक्रमले समेटेका विषय कार्यान्वयनमा कठिनाइ हुने हो कि भनी आशंका व्यक्त गरेका छन् । 

प्रदेशसभा बैठकमा आज नीति तथा कार्यक्रम प्रस्तुतिलगत्तै विपक्षी सदस्यले कार्यान्वयनमा आशंका व्यक्त गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्र्रदेशसभा सदस्य रमा अर्यालले दुई महिना पहिले चालु आवका २०७४÷०७५का लागि सरकारले ल्याएको नीति कार्यक्रम केही पनि कार्यान्वयन हुन नसकेझैँ आगामी आवका लागि सार्वजनिक नीति कार्यक्रम पनि त्यस्तै हुने आशंका व्यक्त गरे । 

कांग्रेसकै भुवनेश्वर चौधरीले नीति कार्यक्रममा संसद् विकास कोष र ज्येष्ठ नागरिकलाई ६५ वर्षमा सामाजिक सुरक्षा भत्ता दिने कार्यक्रम नआउनाले जनतालाई राहत नपुग्ने बताए । संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्य सन्तोष पाण्डेले विकासका लागि प्रत्यक्ष निर्वाचित प्रदेश सदस्यलाई संसद् विकास कोषको व्यवस्था नीति कार्यक्रममा नआएकामा आपत्ति जनाए । 

सत्तापक्ष नेकपाका दयाराम न्यौपानेले नीति कार्यक्रम जनता लक्षित भएको र यसको कार्यान्वयन गरेर समृद्ध प्रदेश खुशी जनताको अवधारणालाई मूर्त रुप दिनुपर्ने बताए ।

नेकपाकै भूमिश्वर ढकालले प्रदेशको महत्वलाई ध्यानमा राखेर नीति कार्यक्रम आएको उल्लेख गर्दै स्रोत र साधनको उचित प्रयोग गर्ने वातावरण तय भएको बताए । सोही दलका वसन्त घर्तीले नीति कार्यक्रम ग्रामीण क्षेत्रका जनताको जीवनस्तर उठाउन प्रभावकारी रुपले आएको तर कार्यन्वयनमा चुनौती रहेको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै