• २०८१ बैशाख १३ बिहीबार

चार लाख भूकम्पपीडितले लिए दोस्रो किस्ता 

kharibot

काठमाडौं । घर निर्माण सुरु गरेर दोस्रो किस्ता लिने भूकम्प प्रभावित लाभग्राहीको संख्या ४ लाख नाघेको छ । बिहीबार अपरान्हसम्मको तथ्यांकअनुसार अनुदान सम्झौता गरेकाकूल ७ लाख १८ हजार ९ सय ३ लाभग्राहीहरुमध्ये ४ लाख २ हजार ६ सय १३ लाभग्राहीले दोस्रो किस्ता लिएका छन् । यो अनुदान सम्झौता सम्पन्न लाभग्राही संख्याको ५६ प्रतिशत हो । 

यद्यपि, दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या ४ लाख३५ हजार ४ सय पुगिसकेको छ । उनीहरु दोस्रो किस्ता लिनका लागि योग्य भइसकेका छन् । पहिलो किस्ता लिने लाभग्राहीको संख्या ७ लाख १० हजार ४३ पुगेको छ । दोस्रो किस्ता लिने समयावधि असार मसान्त नजिकिएकोले पनि घर निर्माण सुरु गरी दोस्रो किस्ता लिने लाभग्राहीको संख्यामा बढोत्तरी भइरहेको छ ।

निजी आवास पुनर्निर्माणमा समयसीमा निर्धारण, स्थानीय तहसँगको सहकार्य र प्राविधिक जनशक्तिको स्थानीय तहमा उपलव्धताका कारण घर निर्माण सुरु गरी दोस्रो किस्ता लिने लाभग्राहीको संख्यामा तीव्रता आएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरले बताए । 

  •     - लाभग्राही सुचिमा परेका कुल संख्या : ७,७५,१२७
  •    -  प्रबलीकरण सुचिमा परेका लाभग्राही संख्या : २९,४९३
  •     - अनुदान सम्झौता सम्पन्न लाभग्राही संख्या : ७,१८,९०३
  •     - पहिलो किस्ता लिएका लाभग्राही संख्या : ७,१०,०४३
  •     - दोस्रो किस्ताका लागि प्रमाणिकरण गरिएका : ४,३५,३४०
  •     - तेस्रो किस्ताका लागि प्रमाणिकरण गरिएका : १,७४,२०८
  •     - पुनर्निर्माण भइरहेका घरहरु : ४,८१,००४
  •     - पुनर्निर्माण सम्पन्न भएका घरहरु : १,६२,१८९

दोस्रो र तेस्रो किस्ता लिएर घर पुनर्निर्माण गर्ने लाभग्राहीको संख्यासँगै पुनर्निर्माण सम्पन्न र पुनर्निर्माण भइरहेका घरको संख्या पनि बढेको छ । बिहीबार अपरान्हसम्मको तथ्यांकअनुसार पुनर्निर्माण सुरु भएका ४ लाख ८१ हजार ४ घरमध्ये १ लाख ६२ हजार १ सय ८९ घरको पुनर्निर्माण सम्पन्न भइसकेको छ।

जिल्लागत रुपमा हालसम्म सबैभन्दा धेरै सिन्धुपाल्चोकका ६८ हजार ३ सय ११ लाभग्राहीले दोस्रो किस्ता पाएका छन् । त्यसैगरी, तेस्रो किस्ता लिने लाभग्राहीको संख्यामा पनि बृद्धि भइरहेको छ । तेस्रो किस्ताका लागि प्रमाणिकरणभएका लाभग्राहीको संख्या १ लाख ७४ हजार २ सय ८ पुगेको छ । तीमध्ये १ लाख ३७ हजार ७ सय ३१ ले तेस्रो किस्ता लिइसकेका छन्।

भूकम्प प्रभावित लाभग्राहीले दोस्रो किस्ताबापट १ लाख ५०हजार पाउँछन् भने तेस्रो किस्ताबापट १ लाख रुपैयाँ पाउँछन् । प्राधिकरणले पछिल्लो समय गुनासो सुनवाईलाई तीव्रता दिई योग्य गुनासोकर्तालाई पुनर्निर्माण लाभग्राहीमा थप गरिरहेको छ । प्राधिकरणले यही जेठ महिनाभित्र गुनासो सम्बोधन गरी ७ हजार ४ सय २२ पुनर्निर्माण लाभग्राही थप गरेको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै