• २०८१ बैशाख ८ शनिबार

राजपाले प्रदेश २ मा सरकार नछोड्ने, सरकारप्रति टिप्पणी नगर्न नेतालाई निर्देशन

kharibot

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश नम्बर २ को सरकार नछोड्ने निर्णय गरेको छ ।

बिहीबार बसेको अध्यक्ष मण्डलको बैठकले संघीय समाजवादी फोरम नेपालसँगको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो ।

मधेसी जनादेशसमेतलाई ध्यान दिएर फोरम नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै राजपाले प्रदेश २ को सरकारबारे भइरहेका अड्कलवाजीप्रति ध्यानाकर्षण भएको जनाएको छ । राजपाले प्रदेश २ को सरकारप्रति कुनै टिप्पणी नगर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएको छ । 

बिहीबार बैठकपछि विज्ञप्ति जारी गर्दै अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले प्रदेश २ मा संघीय समाजवादी फोरम नेतृत्वको सरकारलाई राजपाको समर्थन, सहयोग र सहभागिता जारी रहने भन्दै सरकार विरुद्ध नबोल्न सचेत गराएको हो ।

बुधबार पार्टी महासचिव मनिष सुमनले एक कार्यक्रममा प्रदेश २ मा राजपा सरकारबाट बाहिरिने बताएका थिए । राजपाले सुमनको सो भनाईको पनि खण्डन गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै