• २०८१ बैशाख १३ बिहीबार

गुराँस लाइफको जीवन बीमा गोष्ठी

kharibot

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स क लि तथा पोखरा विश्वविद्यालय को सयुक्त आयोजनामा प्रदेश नं ४ को राजधानी पोखरामा जीवन बीमा सम्वन्धी एक दिवसिय सेमिनार  सम्पन्न भएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई तथा पोखरा विश्वविद्यालय का डिन प्रा. हरी बहादुर खड्काको प्रमुख आतिथ्य एवं कम्पनी का क्षेत्रीय प्रमुख बाबुराम पौडेलको अध्यक्षता मा संचालन गरीएको उक्त कार्यक्रमा बीमा योजना तथा बजार रणनिति वारेमा बोल्दै  क्षेत्रीय प्रमुख पौडेलले बीमा योजनाहरु आधुनिक  आवश्यकता अनुरुप भएमा यसको बजारीकरणमा सहज हुने बताए । 

त्यसैगरी समग्र जीवन  बीमाको बजार तथा नेपालमा यसको अवस्था वारेमा  वोल्दै पोखरा विश्वविद्यालयका प्राध्यापक डा. रविन्द्र घिमिरेले विभिन्न तथ्यांक प्रस्तुत गर्दै बजारको माग अनुरुप विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गर्ने तथा आवश्यकताअनुरुप सम्बन्धित निकायको सहर्कायमा पाठ्याक्रम परिर्माजन गरि समय सापेक्ष बनाउने बताए ।

यसै गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले जीवन बीमा को प्रकृया तथा जिवन बीमा कम्पनीको साँगठनीक ढाँचा, दावी भुक्तानी प्रक्रिया, अण्डरराइटिङ्गसम्बन्धी व्यवस्था, कम्पनीको वोनस निर्धारण प्रकृयाहरुको बारेमा सहभागीहरुलाइ प्रशिक्षण गराएका थिए । 

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिका क्षेत्रीय कार्यालयका कर्मचारी श्याम प्रसाद तिमिल्सेना तथा उमाकान्त बरालले सहजीकरण गरेको उक्त र्कायक्रमको सञ्चालन गुराँस लाइफ इन्स्योरेन्स क लि का क्षेत्रीय मार्केटिङ्ग अधिकृत प्रकास रेग्मीले गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै