• २०८१ बैशाख ७ शुक्रबार

बलिवुडका सेलिब्रेटीहरुले विज्ञापनमा कति पैसा लिन्छन् ?

kharibot

काठमाडौं । बलिवुडमा सुपरस्टारहरु फिल्ममा अभिनय गरेर करोडौ कमाएको त हामीले सुनेका छौ तर ति स्टारहरुको कमाईको ठुलो स्रोत विज्ञापनको कमाई पनि बनेको छ । 

बलिवुडमा सुपरस्टारहरुले विज्ञापनमा काम गरे वापत कति पैसा लिन्छन होला ? टिभीमा आउने सुपरस्टारहरुका विज्ञापन त हामीले देखेका छौ । हामीले यिनै विज्ञापनमा काम गरेबापत ति सुपरस्टारहरुले कति पैसा लिन्छन चर्चा गर्दै छौ ।

बलिवुडमा विज्ञापनको कुरा गर्दा सबै भन्दा अगाडी आउने नाम हो अमिताभ बच्चन । चकलेट देखि ज्वालेरीसम्मको विज्ञापनमा अमिताभ बच्चनलाई देख्न सकिन्छ । अमिताभ बच्चनले कैयौ ब्राण्डको विज्ञापनमा काम गरेका छन् । जसमा क्या बरी चकलेट, पार्कर पेन, बोरो प्लस, आईसी आइसी आई बैंक, गुजरात टुरिजम, नवरत्न तेल लगायत कैयौ ज्वालेरी र अन्य ब्राण्ड रहेका छन् । अमिताभले बिज्ञापनका लागि एक दिन सुटिंग गरेको साढे २ करोड भारतीय रुपैया लिने गर्दछन् ।

यस सुचिमा बालिवुडका मिस्टर पर्फेक्ट भनिने आमिर खान पनि अगाडी रहेका छन् । आमिर खानले स्न्याप डील, भिभो फोन, कोक, टाटा स्काई, टाइटन घडी जस्ता ब्रान्डको बिज्ञापनमा काम गरेका छन् । आमिर खानले बिज्ञापनको एक दिन सुटिंग गरेको ५-७ करोड लिने गरेका छन् । तर हालै आमिर खानले साइन गरेको स्न्याप डिलसँग भने महँगो सम्झौता गरेका छन् । उनले स्न्याप डिलसँग ३० करोड लिएको रिपोर्ट आएको छ ।

त्यस्तै विज्ञापन बजारमा शाहरुख खान पनि चर्चित नाम हो । शाहरुखले अहिलेसम्म एयरटेल, भिडियोकोन, इमामी, हुन्डाई, डिस टिभी जस्ता ब्रान्डको विज्ञापन गरेका छन् । शाहरुखले एक दिनको ३.५ करोड देखि ४ करोडसम्म लिने गरेको बताइएको छ ।

विज्ञापन बजारमा सलमान खान पनि अहिले चर्चित नाम हो । सलमानले थम्सअप, रिवाइटल, व्हिल, सुजुकी, यात्रा डट कम, रिलेक्सो जस्ता ब्रान्डको विज्ञापनमा काम गरेका छन् । सलमानले विज्ञापनमा काम गरेको एक दिनको ३.५ देखि ५ करोड सम्म लिने गरेका छन् ।

त्यस्तै विज्ञापन बजारमा अक्षयकुमार पनि चर्चित नाम हो । अक्षयले डलर क्लब, माइक्रोम्याक्स, एभरेडी, होन्डा, रसना, सुगर फ्री जस्ता ब्रान्डको विज्ञापनमा काम गरेका छन् । अक्षयले एउटा ब्रान्डबाट एक बर्षको ८ देखि १० करोड लिने गरेका छन् ।

त्यस्तै रणवीर कपुर अहिले भारतमा युवाहरुको चेहेराका रुपमा विज्ञापनमा निकै लोकप्रिय रहेका छन् । रणवीरले पेप्सी, जोन प्लेयर, प्यानोसोनिक, लेनोभो, डोकोमो, हिरो मोटोर आदि ब्रान्डको विज्ञापनको काम गरका छन् । रणवीरले विज्ञापनको एक दिनको सुटिंगको ३ करोड लिने गर्दछन् ।

हिरोहरु पछि बलिवुडका हिरोइनहरु पनि विज्ञापन बजारमा चर्चित रहेका छन् । जसमा दीपीका पदुकोने, करीना कपुर, कट्रिना कैफ, ऐश्वर्या राय प्रमुख छन् ।

दीपिका पदुकोनेले अहिलेसम्म कोको, एक्सिस बैंक, गार्नियर, भोग, प्यारासुट, एचपी आदिको विज्ञापन गरेकी छन् । दीपिकाले विज्ञापन सुटिंगको एक दिनको साढे ७ करोड लिने गर्दछिन् ।

त्यस्तै करीना कपुर पनि विज्ञापन बजारमा चर्चित हिरोइन हुन् । करीनाले १८ भन्दा बढी ब्रान्डमा काम गरेकी छन् । जसमा सोनी, हेड एण्ड सोल्जर, बोरो प्लस, लक्स, कोल्गेट, लेक्मी, फिलिप्स जस्ता ब्राण्ड प्रमुख छन् । करीनाले विज्ञापनको एक दिनको सुटिंगको साढे ७ करोडसम्म लिने गर्दछिन् ।

त्यस्तै बलिवुड हिरोइनमा विज्ञापन बजारमा बढी देखिने हिरोइनमा कट्रिना कैफ पनि अगाडी रहेकी छन् । कट्रिनालाई २०१३ मा बर्षको उत्कृष्ट ब्रान्ड एम्बेसडर घोषणा गरिएको थियो । कट्रिनाले स्लाइस, प्यानोसोनिक, भिट, सोनी, टाइटन, लोरियल, एलजी, ओले, पेन्टीन जस्ता ब्राण्डमा काम गरेकी छन् । कट्रिनाले एक दिनको विज्ञापनको सुटिंगको ५ देखि ६ करोड लिने बताइएको छ ।

मिस वर्ल्ड ऐश्वर्या राय बच्चन पनि विज्ञापन बजारकी चर्चित चेहेरा हुन् । ऐश्वर्याको अहिले पनि विज्ञापनमा माग उतिकै रहेको छ । उनले टाइटन, लोरियल, कोक, फिलिप्स, र कैयौ ज्वालेरी ब्रान्डको पनि विज्ञापन गरेकी छन् । ऐश्वर्याले एक दिनको विज्ञापनको सुटिंगको ५ देखि ६ करोडसम्म लिने गर्दछिन् ।

(भारतीय मिडियाहरुको सहयोगमा)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै