• २०८१ बैशाख ११ मंगलबार

काँग्रेस सभापति देउवाद्वारा ३ केन्द्रीय सदस्य र ३ महाधिवेशन प्रतिनिधिको मनोनयन, को को परे ?

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिमा ३ जनालाई मनोनित गरेका छन् । 

देउवाले बिहीबार लम्जुङका दिलबहादुर घर्ती, दाङकी शिला खड्का र काभ्रेपलाञ्चोकका शिव हुमागाइँलाई केन्द्रीय सदस्य मनोनित गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति मा जनाइएको छ ।

यसैगरी, सभापति देउवाले पार्टी विधानको धारा ४९(१३)(क) र (ख) बमोजिम दमननाथ ढुंगाना (काठमाडौँ), श्री तीर्थराम डंगोल (काठमाडौँ) र हिरादत्त भट्ट (कैलाली) लाई नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा मनोनयन गरेको काँग्रेसले जनाएको छ ।

१३औं महाधिवेशन सकिएको दुइ वर्षपछि देउवाले केन्द्रीय समितिमा तीन जनालाई मनोनित गरेका हुन्। 

कांग्रेस विधानअनुसार सभापतिले २१ जनालाई केन्द्रीय समितिमा मनोनित गर्न पाउँछन् । सभापतिसहित निर्वाचित र मनोनित गरी कांग्रेसमा ८५ सदस्यीय केन्द्रीय कार्यसमिति सदस्य हुन्छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै