• २०८१ बैशाख १४ शुक्रबार

प्रि-सिजन एल क्लासिकोमा बार्सिलोना विजयी

kharibot

काठमाडौँ, नयाँ सिजन सुरु हुनुभन्दा अगाडी भएको एल क्लासिकोमा बार्सिलोना विजयी भएको छ ।

प्रि–सिजन भ्रमण अन्तर्गत स्पेनिस दुई महारथी रियल मड्रिड र बार्सिलोनाबीच नेपाली समय अनुसार आइतबार बिहान अमेरिकामा भएको अन्तर्राष्ट्रिय कप अन्तर्गतको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियल मड्रिडलाई ३–२ ले पराजित गरेको छ ।

अमेरिकाको मायामीमा रहेको हार्ड रक रंगशालमा भएको एल–क्लासिकोमा खेलको सुरुमै बार्सिलोनाले अग्रता लिएको थियो । खेलको तेस्रो मिनेटमा लियोनल मेस्सीले गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि नेइमारको पासमा इभान रेकिटिकले गोल गर्दै बार्सिलोनालाई २–० को अग्रता दिलाएका थिए ।

तर रियल मड्रिड पनि खेलमा फर्किदै खेलको १३औं मिनेटमा कोभाकिकले रियल मड्रिडका लागि पहिलो गोल गरे । आफना स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिना खेलेको रियल मड्रिडका लागि ३५ औं मिनेटमा एसेनसिओले गोल गरेपछि पहिलो हाफमा २–२ को बराबरी भयो ।

तर दोस्रो हाफमा बार्सिलोना खेलमा हावी भयो । बार्सिलोनाका लागि ४९ औं मिनेटमा नेइमारको पासमा जेराड पिकेले गोल गर्दै ३-२ को अग्रता दिलाए । सोहि गोल नै खेलको निर्णायक गोल बन्यो र बार्सिलोनाले खेल ३-२ गोल अन्तरले जित्यो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै