भविनको ‘छायाँ’ विमोचित 

खरीबोट

काठमाडौँ ।  युवाकवि भविन लिम्बूको कविता सङ्ग्रह छायाँको हालै विमोचन भयो । 

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, कवि राधेश्याम लेकाली, निबन्धकार युवराज नयाँघरे, समालोचक महेश पौडेल, कृतिकार भविन लिम्बूले संयुक्त रुपमा छायाँको विमोचन गरेका थिए । 

छायाँबारे उपकुलपति घिमिरेले भने— ‘नयाँ पन, नयाँ शैली भित्रिएको छ यो छायाँमार्फत । आजको कविताले खोजेको खास धार यो कृतिमा भेटिन्छ ।’ 

यसै गरी विमोचित कृतिबारे निबन्धकार नयाँघरेले आफनो धारणा राखे— ‘छायाँमा देश र परदेश जोड्ने भावनात्मक पुलको निर्माण भएको छ । सरलतामा धेरै बलिया विचार पोखिएको यो सुन्दर कृति हो ।’ 

समालोचक पौडेलले छायाँमा जातीयता र राजनीतिको कुनै पनि छोइछिटो नरहेको विचार पोखे । उनले भने— ‘कविताको मौलिक स्वाद यसमा छ ।’ 

कृतिका लेखक लिम्बूले आफु विदेशमा बस्दा पैसाभन्दा पनि साहित्य–कलामा बढी समर्पित भएको धारणा राखे । उनले भने— ‘कविता लेख्दा मलाई ठूलो सन्तुष्ठी हुन्छ । सिर्जनाले दिने सुख अरुबाट पाइँदैन  ।’ 

साहित्यकार लेकालीले भविनका कविताले आफ्नो मौलिक भाव र चरित्रमाथि उठान गरेको बताए । उनले भने— ‘भविनमा ज्यादै कलात्मक लेखनीका गुणहरु देखिन्छन् ।’ 

लामो समयदेखि हङकङमा रहँदै आएका कवि लिम्बू अनेकौँ सांस्कृतिक, सामाजिक, साहित्यिक संघ–संस्थामा आबद्ध छन् । छायाँ भविनको दोस्रो कृति हो । यस अघि उनको हङकङ चसमिस कविता सङ्ग्रह आइसकेको छ । 

उक्त अवसरमा वीपी चिन्तन प्रतिष्ठान हङकङका अध्यक्ष कुलप्रसाद गुरुङ, कवि टङ्क सुब्बा, बाबा बस्नेत, सन्ध्या पहाडी, डाक्टर गुनु घर्ती लगायतले आ–आफना मन्तव्य राखेका थिए । कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरले आयोजना गरेको थियो ।                                 
 

सम्बन्धित समाचार

बाल साहित्यकार अधिकारीको कवितासंग्रह ‘धर्तीमाताको काखमा’ विमोचन

काठमाडौँ ।  बाल साहित्यकार मारिया अधिकारीद्वारा लिखित ‘धर्तीमाताको काखमा’ कवितासंग्रह विमोचन भएको छ ।  हेड्स नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा १० वर्षीया बालिका अधिकारीद्वारा अंग्रेजी भाषामा लिखित ‘धर्तीमाताको काखमा’ कवितासंग्रहको वरिष्ठ साहित्यकार हरिहर

साहित्यकार मनु ब्राजाकीको निधन

काठमाडौँ / साहित्यकार मनु ब्राजाकीको आज बिहान ७५ वर्षको उमेरमा निधन भएको  छ । उनको निधनबारे साहित्यकार सुनिल पुरीले जानकारी दिएका हुन्  । मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो ।

एउटा युगको तस्वीर बनाउन चाहन्छु  [कविता]

आमा म  एउटा युगको तस्वीर  बनाउन चाहन्छु  त्यो तस्वीर  शताब्दीकै पुरानो  तस्वीर  हुनेछ र, भावी पिढींले महसुस गर्नेछन्  देशमा कति संघर्ष  गरेर  शान्तिको श्वास फेर्न सकिएको  छ  देशले शान्तिको लागि कति युद्ध गर्नुपर्यो  दाजुभाइ दिदीबहिनी नै  विपक्षमा लड्नु पर्यो

साहित्यकारलाई परिचयपत्र दिने तयारी, कार्यविधिसहितको प्रतिवेदन मन्त्रालयमा

काठमाडौँ ।  नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्यकार परिचयपत्र दिने कार्य अन्तिम चरणमा पुगेको छ ।  प्रतिष्ठानका प्राज्ञ सदस्य मातृका पोखरेलले परिचयपत्रसँग सम्बन्धित कार्यविधिसहितको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाइसकेको र अबको केही