पृथ्वीमा मात्र होइन चन्द्रमामा पनि आयो भुइँचालो

खरीबोट

चन्द्रसतहदेखि सयौँ माइल तल कसरी कम्पन हुनसक्छ भन्ने समस्याको अनुसन्धाताहरुले उपाय निकालेको दाबी गरेका छन् । उनीहरुका अनुसार पृथ्वीमा जस्तै चन्द्रमामा पनि उही चुम्बकीय शक्ति (गुरुत्वाकर्षण बल)का कारण चन्द्रमाको सतहदेखि आठ सयदेखि १२ सय किमि तल हरेक २७ वर्षमा मुनक्वेक (चन्द्रकम्प) हुने गरेको छ ।

चन्द्रमामा एपोलो १२, १४, १५ र १६ मिसनमा सिस्मोमिटर राखिएको थियो । यही सिस्मोमिटरले यस्तो खुलासा गरेको रिसर्चर (अनुसन्धाता)हरुको दाबी छ ।
चन्द्रकम्प प्रायः उही समयान्तरालमा हुने गरेको छ । उनीहरुका अनुसार चन्द्रमाले पृथ्वीलाई एक फन्को लगाउने क्रममा यो घटना हुने गरेको छ । उक्त कम्पनलाई वैज्ञानिकहरुले गुरुत्वका छालहरुको दबाबको परिणाम हो कि भन्ने शंका गरेका थिए । तर ठ्याक्कै यही हो भन्ने विवादचाहिँ अद्यापि कायमै छ ।

  • मुनक्वेक्स : यो तस्बिरले चन्द्रमामा एपोलो सेस्मिक स्टेसनहरु देखाउँछ । साथसाथै यसले डिप मुनक्वेक्सका सम्भावित क्षेत्रहरु पनि देखाउँछ, जुन रिसर्चमा प्रयोग गरिएको छ । यो लुनार ग्लोब लुनार रिकनासा अर्बिटर क्यामरा (एलआरओसी)बाट नासाको सौजन्यमा लिइएको हो र यसमा उल्लेख गरिएका एपोलो स्टेसन र डिप मुनक्वेक्सका चिह्नहरु अध्यताहरुले प्रयोग गरेका हुन् । (डेलीमेल)

अमेरिकन जिओफिजिकल युनियनको एउटा जर्नल, जर्नल अफ जिओफिजिकल रिसर्च : प्लानेट्सको अध्ययनले एपोलो मिसनअन्तर्गत चन्द्रमामा राखिएका दुई छुट्टाछुट्टै  सिस्मोमिटरबाट प्राप्त सूचनाको विश्लेषण गरेको हो । उनीहरुले लेखेका छन्, ‘चन्द्रमा पनि कम्पनमा सक्रिय छ, एपोलो कम्पन अवलोकनले १३००० भन्दा बढी कम्पनका घटनाहरु मापन गरेको पत्ता लगाएको छ ।’

पत्ता लगाइएकामध्ये प्रायः दोहोरिएका सेस्मिक इभेन्ट(कम्पनका घटना)हरु मुनक्वेक (चन्द्रकम्प) नै भएको पुष्टि भएको छ । ती चन्द्रकम्पहरु चन्द्रसतहदेखि ८००—१२०० किमि गहिराइमा भएको बताइएको छ । अध्ययनअनुसार यद्यपि मुनक्वेकबारेका थप परिमार्जित स्पष्ट अध्ययनहरु बाहिर आउन दशकौँ लाग्नेछ । अध्ययनमा वैज्ञानिकहरुले मुनक्वेकसम्बन्धी डाटा (तथ्यांक)हरुको पुनः अनुसन्धान गरेका थिए ।

अनुसन्धाता टोलीका अनुसार सयभन्दा बढी डिप मुनक्वेकका घटनाहरुको यसका लागि अध्ययन गर्नुपरेको थियो । यसबारे पहिले एउटा घटनाको मात्रै अध्ययन गरिएको थियो । १ सय ३१ डीप मुनक्वेक्सको तुलनात्मक र तथ्यांकगत अध्ययनबाट मात्रै निष्कर्षनजिक पुगेको उनीहरुको दाबी छ ।

‘हाम्रो अध्ययनबाट डीप मुनक्वेकहरु तुलनात्मक रुपमा एकैनासका रहेका छन् र यसको स्ट्रेस (दबाब) पृथ्वी र चन्द्रबीचको टाइडल स्ट्रेस (गुरुत्व दबाब)जस्तै निकै कम छ’, अध्येताहरुको  भनाइ छ ।  बारम्बारको डीप मुनक्वेक र टाइडल स्ट्रेसको परिपूरक सम्बन्धलाई अध्ययनले देखाएको छ भने यसबाट डीप मुनक्वेकका लागि टाइडल स्ट्रेसमात्रै कारण नभएर सबैखाले स्ट्रेस यसका लागि जिम्मेवार रहेको सेस्मिक एक्टिभिटी (कम्पनसम्बन्धी गतिविधि)ले देखाएको छ ।

ज्वारभाटासम्बन्धी बल (टाइडल फोर्स)ले पृथ्वी र यसका समुद्रहरुमा चन्द्रमादेखि नजिक र टाढाको भागमा उछाल ल्याउने गर्दछ । चन्द्रमामा पनि यही फोर्सले काम गरेको छ । यही बलको कारण सानाखाले वक्रसम्बन्धी कारण हुने गर्छन् जसलाई वैज्ञानिकहरुले सोलिडबडी टाइड नाम दिएका छन् । यिनै सोलिड बडी टाइडहरुले चन्द्रमाको सतहमा धाँजा फाट्ने, फुट्ने जस्ता काम गर्दछन् ।

चन्द्रमामा एपोलो १२, १४, १५ र १६ मिसनमा सिस्मोमिटर राखिएको थियो । केही केही मुनक्वेकहरु सतहदेखि ७४६ माइल तलसम्मका रहेका छन् ।

पहिलेका मुनक्वेकसम्बन्धी पनि अध्ययन नभएका भने होइनन् । तर ती अध्ययनहरुले आधार मानेका एपोला डाटाहरु निकै सीमित थिए । चन्द्रमामा राखिएका दुवै सिस्मोमिटरहरुले चन्द्रमाको गतिविधिबारे डाटा पठाउनुअघि एउटा सिस्मोमिटरले उच्च कम्पनको गतिविधि पत्ता लगाउँथ्यो भने अर्कोले एकदमै कम पत्ता लगाउँथ्यो ।

अनुसन्धाताहरुले एपोलो मिसनबाट प्राप्त गरेका डाटाहरु विश्लेषण गरेर चन्द्रमामा भएका तर थाहा हुन बाँकी २०० भन्दा धेरै कम्पनहरुबारे तथ्य बाहिर ल्याएका छन् । यसले चन्द्रमाभित्रको जिओलजीबारे नयाँ तथ्य पत्ता लगाएको छ भने सतहमा विशेष खाले चार किसिमको कम्पनको खुलासा समेत गरेको छ ।

एल्गोरिदम नियम (गणितहरुको प्रश्न हल गर्ने नियम)मा आधारित प्रोग्रामले २१० वटा पहिले थाहा नपाइएका ट्रिमोर(कम्पन) बारे तथ्य उजागर गरेको हो । म्याक्स प्लान्स्क इन्स्टिच्युटका सोलार सिष्टमको अनुसन्धान गर्ने वैज्ञानिकहरुले यसबारे नयाँ कुराको खोजी जारी राखिने बताएका छन् ।

उक्त प्रणाली डिप मुनक्वेक्स, यसको प्रभाव र कम गहिराइका मुनक्वेक्स पत्ता लगाउनसक्ने गरी बनाइएको छ । लेखकहरुका अनुसार यसले राम्ररी काम गर्नसक्छ ।

  • एपोलो ११ अन्तरिक्षयानले पाँचवटा मिसनको क्रममा चन्द्र सतहमा राखेका वैज्ञानिक उपकरणहरु । तस्बिरमा एपोलो १६ का प्याकेज देखाउँछ ।

चन्द्रमामा पुग्ने पहिलो अन्तरिक्षयानका रुपमा एपोलो ११ ले चन्द्रसतहमा अमेरिकी झण्डामात्रै गाडेन, सिस्मोग्राफिक सामग्री पनि राख्न सफल भएको थियो । १९६९ को ऐतिहासिक अवतरणपछि एपोलो अन्तरिक्षयात्रीहरुले चारवटा थप मिसनका क्रममा उक्त यन्त्र राखेका थिए । अर्थ म्यागजिनका अनुसार १९७२ पछिका मिसनले सिस्मोग्राफिक यन्त्रहरु चन्द्र सतहमा राखेका हुन् ।

१९७७ मा ती यन्त्र झिक्नुअघिसम्म पृथ्वीमा चन्द्रमाबाट सेस्मिक डाटा प्रवाह गरेका थिए । त्यसपछिका वर्षहरुमा प्राप्त डाटाहरुको विश्लेषणपश्चात् वैज्ञानिकहरुले १३००० वटा फरक फरक कम्पनहरुको पहिचान गरेका थिए । त्यसमध्ये केही ५.५ रेक्टर स्केलका शक्तिशाली कम्पनहरु रहेको पत्ता लागेको थियो ।

एल्गोरिदम प्रोग्रामले अत्यन्तै दुर्लभ घटनाहरु चन्द्रमामा पत्ता लगाएको अध्ययनमा उल्लेख छ । अहिलेसम्म पृथ्वीबाहेकको टेरेस्टरइल बडी (गैरपृथ्वीको जमिन)मा पत्ता लागेको भनेकै मुनक्वेक मात्र हो । रिसर्चरहरुले आफ्नो नयाँ स्टडीमा नोट गरेका छन् ।

१९७७ मा ती यन्त्र झिक्नुअघिसम्म पृथ्वीमा चन्द्रमाबाट सेस्मिक डाटा प्रवाह गरेका थिए । त्यसपछिका वर्षहरुमा प्राप्त डाटाहरुको विश्लेषणपश्चात् वैज्ञानिकहरुले १३००० वटा फरक फरक कम्पनहरुको पहिचान गरेका थिए । त्यसमध्ये केही ५.५ रेक्टर स्केलका शक्तिशाली कम्पनहरु रहेको पत्ता लागेको थियो ।

महत्वपूर्ण कुरा त के छ भने चन्द्रकम्पनहरु पृथ्वीमा हुने कम्पनभन्दा फरक रहेको नासा साइन्सले बताएको छ । उसका अनुसार तिनीहरुको स्रोत फरक छ । ब्रिगिट्टे नाप्मेयर एन्ड्रुम र उनको टोलीले स्पिच रिकग्निसन प्रोग्राममा प्रयोग हुने खालको नयाँ एल्गोरिदम विकास गरेको बताएका छन् ।

उक्त नयाँ एल्गोरिदममा आधारित प्रणालीमा समेत चन्द्रमाको एउटा मुन ट्रेमरको सूचना आएकोले यसले पनि थप नयाँ डाटाहरु पहिलेजस्तै पठाउनेमा उनीहरु आशावादी छन् ।

उनीहरुका अनुसार नयाँ प्रणालीले पनि थप पत्ता लाग्न बाँकी घटनाहरुबारे जानकारी मिल्नेछ भने यो प्रणाली अन्य ग्रहमा आगामी दिनमा गरिने नासाको मंगलमिसन लगायत अन्य मिसनका लागि उपयोगी सिद्ध हुनेछ ।

चार किसिमका मुनक्वेक (चन्द्रकम्प) यस्ता छन्

मुनक्वेक्स चार किसिमको हुन्छ । वैज्ञानिकहरुका अनुसार पहिलो भनेको एकदमै गहिराइमा हुन्छ । यो भनेको चन्द्रसतहदेखि ७०० किमि तलको सतहमा हुन्छ । योचाहिँ पृथ्वीको कक्षसँग सम्बन्धित गुरुत्वबलको कारण हुने विश्वास गरिएको छ । दोस्रो भनेको मेटिओराइटको परिणाम हो ।

मेटिओराइट भनेको चन्द्र सतहमा खस्ने उल्कापातहरु जसले चट्टानी वर्षा गराउँछ र सतहमा कम्पन हुन्छ । तेस्रो भनेको प्रकृतिको तापसँग सम्बन्धित हुन्छ । चन्द्रमाको रातको दुई हप्तापछि सूर्योदयले सतह फैलिएर धाँजा फाट्छ । त्यस्तै चौँथो भनेको सतहदेखि २० वा ३० किमि तलको कम्पन हो ।

डिप मुनक्वेक्सहरु दुई वा सोभन्दा मुनिका हुन्छन् । तिनीहरु मासिक रुपमा हुने गर्छन् । तर मुनक्वेकहरु अर्थक्वेकभन्दा लामा हुने गर्छन् ।

नोट : यो आर्टिकल डेलीमेलबाट भावानुवाद गरिएको हो ।

सम्बन्धित समाचार

पृथ्वीमा मात्र होइन चन्द्रमामा पनि आयो भुइँचालो

चन्द्रसतहदेखि सयौँ माइल तल कसरी कम्पन हुनसक्छ भन्ने समस्याको अनुसन्धाताहरुले उपाय निकालेको दाबी गरेका छन् । उनीहरुका अनुसार पृथ्वीमा जस्तै चन्द्रमामा पनि उही चुम्बकीय शक्ति (गुरुत्वाकर्षण बल)का कारण चन्द्रमाको सतहदेखि