• २०८१ बैशाख ७ शुक्रबार

पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध नेविसंघद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा  

kharibot

काठमाडौँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधबार घोषणा गरिएका आन्दोलनलका कार्यक्रममा जेठ २७ गते सबै जिल्ला सदरमुकाममा सिठ्ठी जुलुस गर्ने, २९ गते मसाल जुलुस र ३१ गते पुत्ला दहन गर्ने कार्यक्रम रहेका छन् ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेविसंघले बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंसहित देशका ७७ जिप्रकामा कालो झण्डा बोकेर धर्ना तथा जुलुस गरेको थियो ।

सरकारले अन्तर्राष्ट्रिय मूल्य समायोजन गरेको नाममा पटकपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै नेविसंघले आन्दोलन गर्दै आएको छ ।

सरकारले भने अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन नसकिने प्रतिक्रिया दिँदै आएको छ ।

नेपाल आयल निगमले गत जेठ १९ गतेदेखि लागू हुने गरी सरकारले पेट्रोलियम पदार्थमा ३ रुपैयाँका दरले मुल्य बढाएको थियो । बढाएको मुल्य अनुसार पेट्रोल ११३, डिजल र मट्टीतेल ९५ पुगेको छ भने हावी इन्धनमा पनि वृद्धि भएको छ ।

आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ७५ डलर रुपैयाँ बढेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै