• २०८१ बैशाख ८ शनिबार

१० वर्षअघिको मुद्दा मिलाइदिन ५० हजार घुस 

kharibot

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा कार्यरत प्रशासकीय अधिकृत सुरेशप्रसाद दासलाई ५० हजार घुससहित पक्राउ गरेको छ ।

१० वर्ष पहिलेको मुद्दा मिलाइदिन्छु भनी उक्त घुस लिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले बताए । 

उनलाई बर्दिबासबाट गएको आयोगको टोलीले पक्राउ गरेको थियो ।

जिल्ला अदालत सर्लाहीबाट नियन्त्रणमा लिइएका उनीबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै