• २०८१ बैशाख ६ बिहीबार

नेपाली सेना र अमेरिकी सेनाबीच दुई दिने ‘ल्यान्ड फोर्स टक’ सुरु

kharibot

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाले पहिलोपल्ट दुई दिने ‘ल्यान्ड फोर्स टक’ छलफल सुरु गरेका छन् ।

१७ जना अमेरिकी सेनाको भ्रमणटोलीको नेतृत्व गर्दै नेपाल आएका अमेरिकी सेनाका मेजर जनरल रोजर जे. नोबल र कामु प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेट भएलगत्तै उक्त अन्तक्र्रिया सुरु भएको सेनाले जनाएको छ । 

सैनिक मुख्यालय जंगीअड्डामा सुरु छलफलमा नेपाली सेनाको तर्फबाट उपरथी जगदीश चन्द्र पोखरेलसहित १९ र अमेरिकी सेनाको तर्फबाट नोबलसहित १७ गरी जम्मा ३६ जना रथी तथा अधिकृतहरुको सहभागिता रहेको छ । 

यस अन्तत्र्रिmया तथा छलफल कार्यक्रम संयुक्त सैनिक मार्ग निर्देशन, सैनिक कार्य प्राथमिकता, विपद् व्यवस्थापन तथा विभिन्न सैनिक तालिम एवं गतिविधि सम्बन्धी विषयहरुमा केन्द्रित रहने सेनाको भनाइ छ ।

उक्त कार्यक्रमअन्तर्गत भ्रमणदलका प्रमुखलाई नेपाली सैनिक कमाण्ड तथा स्टाफ कलेज र उपत्यका पृतना हेर्डक्वार्टरको भ्रमण गराउने व्यवस्था समेत मिलाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै