• २०८१ बैशाख १४ शुक्रबार

सुन तस्करी प्रकरण : गोरेका सहयोगी रामकुमार तिवारी विमानस्थलबाट पक्राउ 

kharibot

काठमाडौँ । साढे ३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्या सम्बन्धि अनुसन्धान गर्न बनेको विशेष समितिले चूडामणि उप्रेती ‘गोरे’ का एक निकट सहयोगी रामकुमार तिवारीलाई पक्राउ गरेको छ । 

दक्षिण कोरियाबाट नेपाल फर्केका तिवारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षबाटै मंगलबार नियन्त्रणमा लिइएको हो । 

समिति स्रोतका अनुसार गोरे र अपराध महाशाखाका प्रहरी अधिकारीबीचको टेलिफोन संवादमा गोरेले रकम दिनका लागि तिवारीलाई प्रयोग गर्ने बताएका थिए ।

समिति स्रोतका अनुसार अन्य प्रमाणका आधारमा पनि तिवारीलाई पक्राउ गरिएको बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै