• २०८१ बैशाख १३ बिहीबार

प्राइम लाइफद्वारा वित्तीय साक्षरताको लागि प्रभातफेरी

kharibot

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कारोबारको दश बर्ष पूरा गरेको उपलक्ष्यमा २०७५ जेठ २२  गते मंगलबारका दिन बीमा साक्षरता तथा सचेतनाको लागी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।

सो कार्यक्रममा कम्पनीको प्रधान कार्यालय काठमाण्डौं उपत्यकाका शाखा तथा उपशाखाका कर्मचारी एवं अन्य शुभेच्छूकहरुको उल्लेख्य सहभागिता थियो ।

हाल कम्पनीको चूक्ता पुंजी एक अर्ब ७८ करोर्ड ४८ लाख ३५ हजार, कुल बीमा शुल्क ११ अर्ब ६२ करोड, बीमा लेख १६ लाख भन्दा बढी, जीवन बीमा कोष ६ अर्ब २० करोड तथा दावी भुक्तानी रु. २४ करोड ८१ लाख पुगेको छ भने यस कम्पनीले देशभरमा विभिन्न १२५ भन्दा बढी स्थानहरुबाट जीवनबीमा सेवाउपलब्ध गराई आएको र आगामीबर्ष कम्तिमा १३५ स्थानबाट सेवादिने लक्ष्य लिएको जनाएको छ ।

कम्पनीको हालसम्मको वित्तीय अवस्था, कम्पनीले जीवनवीमा क्षेत्रमा गरेको उपलब्धि र आगामी वर्षहरुमा सेयरधनीहरुलाई उल्लेख्य प्रतिफल दिन र बीमितहरुको सर्वोपरी हितको लागि कार्य गर्ने समेत जानकारी गराएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै